नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको १ लाख १२ हजार ५०० कित्ता शेयरको लक–इन अवधि आगामी भदौ २२ गते सकिने भएको छ। कम्पनीले सूचना जारी गर्दै सो शेयरहरू अब दोस्रो बजारमा कारोबार गर्न पाइने जानकारी गराएको हो।
कम्पनीले ७५ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशतबराबरको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणलाई आइपीओमार्फत निष्काशन गरेको थियो। सोमध्ये नियमानुसार १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको थियो।
धितोपत्र बोर्डको नियमअनुसार सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएका शेयरहरू आईपीओ बाँडफाँड मितिदेखि ६ महिनासम्म लक–इन अवधिमा राख्नु पर्ने व्यवस्था छ। सोही अनुसार ती शेयरहरू लक–इनमा थिए, जुन अवधि अब भदौ २२ मा पूरा हुँदैछ।
लक–इन अवधि सकिएपछि अब ती शेयरहरू नेप्सेमा दोस्रो बजारमा खरिदबिक्रीका लागि उपलब्ध हुनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस