Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज क्यापिटलको साधरणसभा आह्वान: लाभांश पारित देखि मर्जरमा जाने सम्मको प्रस्ताव

अर्थ संसार

बुधबार, २० भदौ २०८०, १२ : ५६ मा प्रकाशित

सनराइज क्यापिटलको साधरणसभा आह्वान: लाभांश पारित देखि मर्जरमा जाने सम्मको प्रस्ताव

सनराइज क्यापिटलले वार्षिक साधारणसभा आह्वान गरेको छ। क्यापिटलको सञ्चालक समितिको भदौ १९ गते बसेको बैठकले १३ औं वार्षिक साधारण सभा असोज १० गते बोलाएको हो । 

क्यापिटलको सभामा गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट करसहित ३० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तय गरिएको छ ।

कम्पनीको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असरसम्मको वासलात र सोही अवधिको नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।

तेस्तै क्यापिटलको सभाले लक्ष्मी क्यापिटलसँग मर्जरमा जान सञ्चालक समितिलाई अख्तिायरी पनि सभाले प्रदान गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको