Like us!
Follow us!
Connect us!
Watch us!

चौध किलो नशालु पदार्थसहित दुई पक्राउ

बुधबार, १५ कार्तिक २०७४, २१ : ०६ मा प्रकाशित

चौध किलो नशालु पदार्थसहित दुई पक्राउ

अर्थ संसार, जितपुर, कपिलवस्तु– चौध किलो नशालु पदार्थसहित दुई व्यक्ति पक्राउ परेका छन् ।

इलाका वन कार्यालय गुगौली र इलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्ती गर्ने क्रममा आज विजयनगर गाउँपालिका–१ भैसियाबाट कालो रङको १४ किलो नशालु पदार्थसहित सोही गाँउपालिका वडा नं २ का ५५ वर्षीय बिन्तिराम थारु र रोल्पा थवाङका २९ वर्षीय दीपक रोका मगरलाई पक्राउ गरिएको हो । उक्त नशालु पदार्थ चरेस भएको ठानिएको छ ।

इप्रका कृष्णनगरका प्रहरी निरीक्षक सुवासकुमार गैरेका अनुसार विजयनगर गाँउपालिकाको वलैयामा दुईवटा बोरामा हालेर लागुपदार्थ लैजाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । अहिले दुवैजना कृष्णनगर प्रहरी कार्यालयको नियन्त्रण छन् र उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको