Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल कुरियर सेवा संघको अध्यक्षमा सुवेदी

अर्थ संसार

मंगलबार, २६ भदौ २०८०, ०७ : ३३ मा प्रकाशित

नेपाल कुरियर सेवा संघको अध्यक्षमा सुवेदी

नेपाल कुरियर सेवा संघको अधिवेशनले दुर्गा प्रसाद सुवेदी ‘दिपेश’को अध्यक्षतामा नयाँ कार्यकारिणी समितिको निर्वाचित गरेको छ । 

वरिष्ठ उपाध्यक्षमा अनिल राजभण्डारी, उपाध्यक्षमा सञ्जय मण्डल र तिलराज खतिवडा, महासचिवमा राजकुमार सामरी, सचिवमा प्रकाश सुवेदी, कोषाध्यक्षमा कृष्ण प्रसाद नेपाल, सहकोषाध्यक्षमा निरञ्जन थापा चुनिएका छन् । 

समितिको सदस्यहरूमा निर्मल राठी, किरण थापा, मिना आचार्य, लक्ष्मण घिमिरे, सौरभ मैनाली, निशा आचार्य र रणदिपजंग रायमाझी निर्विरोध निर्वाचित भएका हुन् ।

नवनियुक्त अध्यक्ष दुर्गा प्रसाद सुवेदी ‘दिपेश’ले सरकारी हुलाक सेवालाई जस्तै काठमाडौं उपत्यकामा कुरियर सेवालाई पनि अत्यावश्यक अन्तर्गत राखेर कुरियर भ्यानहरू चौबिसै घण्टा निर्वाध सञ्चालन गर्न पाउनुपर्ने बताउँछन् । 

ब्लड स्याम्पल, पासपोर्ट लगायतका अत्यावश्यक सामान कुरियरमार्फत नै आदान प्रदान गर्न सहज र छिटो हुने भएकाले यसलाई अत्यावश्यक सेवाभित्र राख्नुपर्नेमा उनले जोड दिए ।

नेपालका एअरलायन्स कम्पनीहरूले आफ्नो कामको प्रकृतिभन्दा बाहिर गएर कुरियरको काम गरेकोमा अध्यक्ष सुवेदीले गुनासो गरे । उनले कुरियरको काम गर्ने हो भने कुरियर सेवा प्रदायकको रुपमा दर्ता भएर मात्रै काम गर्नुपर्नेमा जोड दिए । 

आईकाओ र युरोपेली युनियनले अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै टर्मिनल नै कुरियरका लागि छुट्टाउनुपर्ने  २४ घण्टा नै सञ्चालन हुनुपर्ने बताइसकेपनि सरकारले त्यसको व्यवस्था नगरेको उनको गुनासो छ ।

कुरियरमा एक ठाउँबाट  अर्को ठाउँमा सामान पठाउँदा सामान पठाउने व्यक्तिले बिल पठाएका हुन्छन् । त्यो बिल भेहिकल एण्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टममा विवरण राखिएको हुन्छ । सो अनुसारको सामान रहे नरहेको प्रसासनले चेक गर्दछन् । चेक गर्दा गाडीमा त्यसअनुसारको सामान नभेटिए पूरै गाडीको सामान रोक्ने प्रावधान छ । जसले गर्दा एक व्यक्तिको गल्तीले धेरैको सामान रोकिरहेकोमा उनले यस्तो व्यवस्था हटाइ जसले गल्ती गरेको छ, उसको मात्रै सामान रोक्न र अरुको गन्तव्यमा पुग्नुपर्ने व्यवस्था गर्न सरकारसँग माग गरे । 

कार्यक्रममा तीन सयभन्दा बढी कुरियर सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरूको उपस्थिति थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको