Like us!
Follow us!
Connect us!
Watch us!

भक्तपुरमा खुल्यो यामाहाको सर्वाधिक सुविधा भएकाे नयाँ शोरुम

अर्थ संसार

मंगलबार, २६ भदौ २०८०, १२ : २४ मा प्रकाशित

भक्तपुरमा खुल्यो यामाहाको सर्वाधिक सुविधा भएकाे नयाँ शोरुम

नेपालको लागि यामाहा मोटरसाईकल तथा स्कुटरको आधिकारीक बिक्रेता “MAW Enterprises Pvt. Ltd”  ले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न भएको शोरुम सञ्चालनमा ल्याएको छ ।

एमएडव्लू ग्रुप अफ कम्पनिजका म्यानेजिङ डाइरेक्टर विष्णुकुमार अग्रवाल, हिमालय रोडिसका सञ्चालक तथा लोकप्रिय मिडिया पर्सनालिटी सुरज सिंह ठकुरी र अभिनेत्री प्रियङ्का कार्कीले सोमबार भव्य समारोहबीच शोरुम संयुक्त रूपमा उद्घाटन गरेका हुन् । 

कौशलटार, भक्तपुरमा अवस्थित उक्त शोरुम Two wheeler industry कै ठूलो र अत्याधुनिक शोरुम मानिएको छ । यामाहाको विश्व व्यापी नयाँ अवधारणा “Blue Square” लाई अबलम्बन गरी कौशलटार भक्तपुरमा उक्त शोरुम सञ्चालनमा ल्याईएको हो ।

यामाहाको “Global Motor Sport Legacy” लाई आत्मसाथ गर्दै सम्पूर्ण राईडर्सले आफ्नो राईडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा “Blue Square” शोरुमलाई लिईएको छ । Blue Square शोरुममा प्रयोग गरिएको “Blue” कलरले यामाहा ब्राण्डको “Racing DNA” लाई झल्काउने र “Square” ले “One Stop Buying Junction” जसमा ग्राहकले मोटरसाईकल, स्कुटर, Accessories र Apparel एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहनेछ । यस शोरुममा “Better Customer Experience” अनुभव गर्नुको साथै छिटो र “Personalized One To One Service” प्रदान गरिने जानकारी गराईएको छ । यामाहाको ग्राहकले अझ नजिकबाट  यामाहा ब्राण्ड र उपलब्धतालाई महसुस गर्न पाउनुको साथै “Digital Technology” मार्फत “QR Code” स्क्यान गरेर Brochure हरु प्राप्त गर्न सक्नेछन् ।

स्थापनाकाल देखिनै ग्राहकहरुको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएकोमा “Blue Square” को उत्कृष्ट प्रविधि र पूर्वाधारहरुले यामाहा ब्राण्ड प्रतिको ग्राहको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्धि गर्ने कम्पनिको ठहर छ । साथै भविष्यमा यामाहाले यस प्रकारका शोरुमहरू नेपालभर सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

“हामी कौशलटार , भक्तपुरमा हाम्रो Yamaha Blue Square शोरुम खोल्न गर्न पाउँदा अत्यन्तै हर्षित छौँ। यो पनि सबैभन्दा ठूलो र सबै भन्दा सुविधाजनक शोरूम मध्ये एक हो । यस शोरुमले वाईक प्रेमीहरुलाई यामाहाको उत्कृष्ट प्रविधि युक्त विभिन्न मोटरसाईकल स्कुटर Accessories र Apparel उपलब्ध गराउने कुरामा हामी विश्वस्त छौँ ।", यामाहा नेपालका लागि सीईओ राजु क्षेत्रीले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको