Like us!
Follow us!
Connect us!
Watch us!

यामाहा नेपालले ल्यायो सम्बन्ध निर्माणका लागि यामाहा परिवार निर्माणको पहल अर्थात् ‘ब्लु स्ट्रिक्स’

अर्थ संसार

शुक्रबार, ११ साउन २०८१, ०९ : २४ मा प्रकाशित

यामाहा नेपालले ल्यायो सम्बन्ध निर्माणका लागि यामाहा परिवार निर्माणको पहल अर्थात् ‘ब्लु स्ट्रिक्स’

यहि  श्रावण १० गते यामाहा नेपालले यामाहा ब्लू स्क्वायर, नक्सालमा आफ्नो बहुप्रतिक्षित 'ब्लु स्ट्रिक्स' पहल सुरु गर्ने घोषणा गरेको छ ।

यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलहरूबीच बलियो सम्बन्ध सिर्जना गर्न डिजाइन गरिएको 'ब्लू स्ट्रिक्स' एक रोमाञ्चक र नवीन कार्यक्रम हो जसले एउटा सशक्त यामाहा परिवार सिर्जना गर्नेछ ।

यामाहा केवल मोटरसाइकल निर्माता मात्र नभएर सवारहरूका लागि अविस्मरणीय अनुभवहरूको निर्माता पनि हो । 'ब्लु स्ट्रिक्स' यामाहाको आफ्ना ग्राहकहरूसँग गहिरो सम्बन्ध विकास गर्न र भविष्यमा "म्यान-मेसिन" अन्तरक्रियालाई थप आकर्षक र रोमाञ्चक अनुभव बनाउने प्रतिबद्धताको एक हिस्सा हो ।

'ब्लु स्ट्रिक्स' कार्यक्रममा सामेल भएर यामाहा मालिकहरूले यामाहा समुदायसँग संलग्न भई विभिन्न फाइदा र अवसरहरू प्राप्त गर्नेछन् । विशेष कार्यक्रमका अवसर र सवारीहरूदेखि लिएर भविष्यमा आउने विशेष प्रमोशन र छुटहरूसम्म प्रदान गरि 'ब्लु स्ट्रिक्स' ले यामाहा मालिकहरूका लागि थप निकटता र रमाइलो अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ ।

'ब्लु स्ट्रिक्सुको सुरुवात यामाहाका लागि महत्वपूर्ण कोसेढुङ्गा हो,' एमएडब्लु राइडर्सको सि.एम. व
पुनम सिंहले भने । 'हामी सम्पूर्ण यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र उनीहरूसँग बलियो सम्बन्ध बनाउन पाउँदा हर्षित छौं । हाम्रो लक्ष्य भनेको मोटरसाइकल र खुला सडकप्रति आफ्नो प्रेम बाँड्न सक्ने भावुक र जिम्मेवार यामाहा मालिकहरूको समुदाय सिर्जना गर्नु हो ।'

'ब्लु स्ट्रिक्स' बारे थप जानकारीको लागि र कार्यक्रममा सामेल हुन यामाहाको वेबसाइटमा जानुहोस्
https://www.maw2wheelers.com/blue-streaks

66a31b63a682c.jpg 66a31b6409dd2.jpg 66a31b6560a60.jpg 66a31b659d079.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको