Like us!
Follow us!
Connect us!
Watch us!

ग्रिन टायर सुरू गर्याे शेर्पा सारथी टीटी टायरको बिक्री–वितरण

अर्थ संसार

मंगलबार, २६ भदौ २०८०, १७ : ४७ मा प्रकाशित

ग्रिन टायर सुरू गर्याे शेर्पा सारथी टीटी टायरको बिक्री–वितरण

नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टर ट्रली तथा ट्रलीको लागि प्रयोग हुने ९.००–२० र १०.००–२० साइजका शेर्पा सारथी टीटी टायरको बिक्री–वितरण प्रारम्भ गरेको छ । नाडा अटो शो २०२३ को शुभारम्भको अवसरमा एक कार्यक्रम बीच अर्थमन्त्री डा. प्रकाश शरण महतले औपचारिक रुपमा सो टायर सार्वजनिक गरे । 

विशेष गरी ट्रली तथा ट्रयाक्टर ट्रलीमा प्रयोग हुने ९.००–२० र १०.००–२० का टायरहरु मोटो गोटी तथा लाइन गोटीमा १८ प्लाई रेटिङमा उपलब्ध छन् । 

उच्च गुणस्तरीय हेभी ड्युटी ती टायरमा कट रेसिस्टेन्स क्षमता भएकाले नेपाली माटो तथा बाटोका लागि उपयुक्त भएको कम्पनीका निर्देशक विकास सिंघानियाले जानकारी दिए । यी टायर तुलनात्मक रुपमा सस्तो, सुलभ र गुणस्तरीय भएकाले बजार मागको ठूलो हिस्सा ओगट्ने विश्वास सिंघानियाले व्यक्त गरे । 

करिव ५ वर्ष पहिले स्थापित निजी क्षेत्रको पहिलो टायर उद्योग ग्रिन टायर प्रालिले मोटरसाइकल, स्कुटर, अटो, टेम्पु तथा ट्रयाक्टरका टायरहरु यस अघि नै बजारमा बिक्री–वितरण गर्दै आइरहेको छ । हाल कम्पनीले वार्षिक १ लाख थान टायर उत्पादन गर्दै आएको र १०० जना कामदारले प्रत्यक्ष रोजगार पाएका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको