Like us!
Follow us!
Connect us!
Watch us!

एफ्टेक मोर्टसको स्टलबाट भ्रम फैलाइएको भन्दै ग्रन्थ इलेक्ट्रिक भेहिकलको ध्यानाकर्षण

अर्थ संसार

बुधबार, २७ भदौ २०८०, ०९ : ३८ मा प्रकाशित

एफ्टेक मोर्टसको स्टलबाट भ्रम फैलाइएको भन्दै ग्रन्थ इलेक्ट्रिक भेहिकलको ध्यानाकर्षण

‘नाडा अटो सोमा एफ्टेक मोर्टसको नाममा स्टल राखी नेपाल आइसकेको एफडि मोर्टस ब्राण्डकै इलेक्ट्रिक स्कुटरको नेपालमा डिलर आवश्यकता भनी विज्ञापन गरिएको भन्दै ग्रन्थ इलेक्ट्रिक भेहिकलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

ग्रन्थ इलेक्ट्रिक भेहिकलले यस अफबाहमा नलाग्न आग्रह र सम्बन्धित निकायलाई कारबाहीका लागि अनुरोध गरेको छ । 

नेपालको आधिकारिक बिक्रेता, तथा, बाणीज्य विभागमा एजेन्सी लाइसेन्स ग्रन्थ ईभीले उत्पादक कम्पनीसँग लिएर नेपाली बजारमा २०८० बैशाख २३ गतेबाट औपचारिक रुपमा आधिकारीक बिक्रेता भइ एफडि मोर्टसको इलेक्ट्रिक स्कुटर बिक्री बितरण गर्दै आएको विज्ञप्तिमा उल्लेख छ। 

कम्पनीले नाडालाई एफ्टेक मोर्टसको स्टलबाट सो इलेक्ट्रिक स्कुटर यथाशीघ्र हटाउन लगाउन पनि ध्यानाकर्षण गराएको छ ।

6501326e235f3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको