Like us!
Follow us!
Connect us!
Watch us!

राइड वा ड्राइभ, किनमेल वा डेलिभरी, पठाउनुहोस् वा प्राप्त गर्नुहोस्ः सबै डिल्सका लागि एउटै एप-इन्ड्राइभ

अर्थ संसार

विहीबार, २८ भदौ २०८०, ०७ : ४८ मा प्रकाशित

राइड वा ड्राइभ, किनमेल वा डेलिभरी, पठाउनुहोस् वा प्राप्त गर्नुहोस्ः सबै डिल्सका लागि एउटै एप-इन्ड्राइभ

विश्वभर दुई अर्ब भन्दा बढी राइडहरू सम्पन्न भएसँगै, इन्ड्राइभ, ग्लोबल मोबिलिटी, शहरी सेवाहरू र कम्युनिटी डेभलपमेन्ट प्लेटफर्मले यात्रु र चालकहरूलाई आपसमा उचित भाडादरमा छनोट गर्न अनुमति दिएर नेपालमा राइड-सेयरिङ उद्योगलाई ससक्तरुपमा अगाडि बढाईरहेको छ। इन्ड्राइभले २०२२ देखि काठमाडौंमा आफ्नो सेवाहरू सुरु गरेको थियो र त्यसबेलादेखि ग्राहकहरूलाई उनीहरूको आफ्नो सवारीको मूल्य निर्धारण गर्ने स्वतन्त्रता दिइरहेको छ।

सेवा नपुगेका बजारहरूमा विद्यमान खाडलहरूलाई सम्बोधन गर्न उचित समाधानहरू सिर्जना गर्नु इनड्राइभको विश्वव्यापी विस्तार रणनीतिको महत्त्वपूर्ण भाग हो।

“सुरक्षाप्रति हाम्रो प्रतिबद्धतालाई कायम राख्न, हामीले सेफ्टि प्याकका साथमा-प्रयोगकर्ताहरूलाई समर्पित सुविधाहरू, सुझावहरू,  र चालक तथा यात्रुहरूका लागि आचार संहिताको साथ सशक्तिकरण गर्ने पहल प्रस्तुत गरेका छौं। हामीले पारस्परिक सम्मानलाई हौसला दिँदै आएका छौं र भेदभावको लागि शून्य-सहनशिलताको नीति लिँदै आएका छौं। एक्सपान्सन, ग्रोथ , कस्टमर स्याटिस्फ्याक्सन तथा सेफ्टीलाई पछ्याएर,  हामी उत्कृष्ट नतिजाहरू कायम राख्न र हामीले सेवा गर्ने समुदायहरूमा सकारात्मक प्रभाव पार्दै आएका छौं,” राइड-हेलिङ (एपीएसी) इनड्राइभका डाइरेक्टर रोमन एर्मोसिनले भने।

वर्षौंदेखि विकसित हुँदै, इन्ड्राइभर (स्वतन्त्र चालकहरू) हाल इन्ड्राइभ (इनर ड्राइभ) को रुपमा शहरी सेवाहरूको लागि मार्केटप्लेसमा परिणत भएको छ। इन्ड्राइभ यात्रुहरुद्वारा संचालित कम्पनी हो जसले विश्वमा मानव समानुभूतिलाई प्रतिस्थापन गर्न सक्ने कुनै प्रविधि छैन भन्ने विश्वास गर्छ। राइड-हेलिङ एपहरू बढी मानिसका लागि हुन् र हुनुपर्छ भनेर इन्ड्राइभले प्रमाणित गर्दै आएको छ। इन्ड्राइभमा रहेको फेयर प्राइसमा यात्रुहरु सहमत हुनसक्दछन्।

आज, इन्ड्राइभ संसारमा दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको मोबिलिटी एप हो र यसले पाँच महादेशका ४८ देशमा ७०० भन्दा बढी सहरहरूमा विश्वभर १० करोड भन्दा धेरै प्रयोगकर्ताहरूलाई निरन्तर सेवा दिईरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको