Like us!
Follow us!
Connect us!
Watch us!

सरकारी भुक्तानी अब अनिवार्य रूपमा डिजिटलमार्फत: साउन १ गतेदेखि चेक प्रणाली बन्द

अर्थ संसार

सोमबार, ३० असार २०८२, ०८ : ४३ मा प्रकाशित

सरकारी भुक्तानी अब अनिवार्य रूपमा डिजिटलमार्फत: साउन १ गतेदेखि चेक प्रणाली बन्द

सरकारी निकायहरूले अब चेक काटेर भुक्तानी गर्न नपाउने भएका छन्। अर्थ मन्त्रालयले आफ्ना मातहतका सम्पूर्ण कार्यालयहरूलाई साउन १ गतेदेखि सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्न निर्देशन दिएको हो।

गत शुक्रबार अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा बसेको मन्त्रिस्तरीय निर्णयपछि सो निर्देशन जारी गरिएको हो। मन्त्रालयले उक्त निर्णयको कार्यान्वयन सुनिश्चित गर्न परिपत्र जारी गर्दै चेक काट्ने पुरानो अभ्यास पूर्ण रूपमा बन्द गर्न सम्बन्धित निकायहरूलाई ताकेता गरेको छ।

हालसम्म सरकारी कार्यालयहरूले बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्ने व्यवस्था रहे पनि इलेक्ट्रोनिक ट्रान्सफर अनिवार्य थिएन। यही कारण आर्थिक वर्षको अन्त्यतिर ‘ब्याक डेट’मा चेक काट्ने प्रचलन व्यापक थियो, जसले पारदर्शिता र लेखा अनुशासनमा चुनौती सिर्जना गर्दै आएको थियो।

अब भने डिजिटल भुक्तानीको अनिवार्यताले यो प्रवृत्तिमा पूर्ण विराम लाग्ने विश्वास गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको