आईपीओ निष्कासनकाे तयारीमा रहेकाे एक्कर्ड फर्मास्यूटिकल्स लिमिटेडले हकप्रद सेयर पनि निष्कासन गर्ने भएकाे छ । कम्पनीकाे यही भदाै २१ गते सम्पन्न भएकाे विशेष साधारण सभा तथा भदाै २३ गते सम्पन्न भएकाे सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २०.५२५ % हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेकाे हाे ।
कम्पनीले साविकका सेयरधनीहरूलाई आ-आफुले तत्काल चुक्ता गरेको सेयर पूँजीको अनुपातमा हकप्रद सेयर (Right Share) खरिदका लागि कम्पनीको नाममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि., लाजिम्पाट शाखामा रहेको खाता नं ०३६०१०४०२६०२२० मा ३५ दिन भित्र दाखिला गरी सोको निस्सा कम्पनीको लेखा शाखामा उपलब्ध गराइदिन सबै सेयरधनीहरूलाई आग्रह गरेकाे छ ।
त्यसैगरी, हकप्रद सेयर सम्बन्धी थप जानकारी आवश्यक परेमा कम्पनीको रजिष्टर्ड कार्यालय मिलन वस्ती, सुविधानगर, तिनकुने, काठमाडौँमा कार्यालय समयभित्र सम्पर्क गर्न समेत कम्पनीले अनुरोध गरेकाे छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ७ लाख ६ हजार ९०९ कित्ता आईपीओ निष्कासन गर्न गत वर्ष पुस ४ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेकाे छ । बाेर्डबाट अनुमति पाएपछि कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस