Like us!
Follow us!
Connect us!
Watch us!

बाहिरिएका सेयर लगानीकर्ताहरु स्वदेश फर्किए

लोकेन्द्र ढकाल

विहीबार, २८ भदौ २०८०, १८ : ३५ मा प्रकाशित

बाहिरिएका सेयर लगानीकर्ताहरु स्वदेश फर्किए

जतिबेला  ललिता निवास जग्गा प्रकरण उत्कर्षमा पुग्यो, मान्छेहरूको भागाभाग चलिरहेको थियो । अझ भाटभटेनी  सुपर मार्केटमा सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेपछि त सेयर बजारका दर्जन बढी ठुला लगानीकर्ताहरू रातारात भागेर भारत छिरेका थिए । केही दिन भारतमा लुकेर बसेका उनीहरूले जब केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो सीआइवीले  पीछा गरिरहेको सुइँको थाहा पाए लगत्तै संयुक्त अरब इमिरेट्स  (युएई) पुगेका थिए ।

त्यति बेला ललिता निवास जग्गा प्रकरण जतासुकै छाएको थियो । अनुसन्धानको क्रममा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र बाबुराम भट्टराईसम्मलाई प्रहरीले बयान लिई रहेको थियो । लहरोले पहरो तान्छ भने झैँ प्रहरीले पक्राउ गर्ने डरले उनीहरूमा भाग दौड चलिरहेको थियो ।

ललिता निवास जग्गा प्रकरण अहिले बिस्तारै सुस्ताउँदै गएको छ । पक्राउ परेकाहरू धरौटीमा रिहा भएका छन् । सेयर बजारका ठुला लगानीकर्ता मानिने मीन बहादुर गुरुङ पनि धरौटीमा रिहा भई सकेका छन्। प्रचण्ड सरकार र त्यसमा पनि गृहमन्त्रीकै पद सङ्कटमा पर्ने डरले सरकारले ललिता निवास जग्गा प्रकरणको अनुसन्धानलाई फितलो पारेको राजनीतिक वृत्तमा चर्चा छ ।

कसिलो मौद्रिक नीति पछि ओरालो लागेको बजार धेरै घट्नुका पछाडि सेयर बजारका एक ठुला लगानीकर्ता पक्राउ पर्नु तथा अन्य नाम चलेका दर्जनौँ लगानीकर्ताको भाग दौडलाई पनि कारण मानिएको थियो । भागेर विदेश पुगेका मध्य एक समूह त दैनिक २५/३० करोड कारोबार गर्ने सम्मका थिए । ललिता निवास जग्गा प्रकरण फितलो भएसँगै उनीहरू अहिले नेपाल फर्किएका छन् ।

गत केही दिनदेखि सेयर बजारमा हरियाली छाएको छ भने कारोबार रकम पनि बढ्दै गएको छ । विदेश भागेकामा मारवाडी समुदायका धेरै थिए । एक बैङ्कका अध्यक्ष, अन्य केही बैङ्कका प्र मोटर, एक इन्स्योरेन्स  कम्पनीका अध्यक्ष तथा मदिरा वितरक लगायतका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको