Like us!
Follow us!
Connect us!
Watch us!

२५ मेगावाटको सेती जलविद्युत् आयोजनाको परीक्षण, ९५ प्रतिशत काम सम्पन्न

अर्थ संसार

विहीबार, २८ भदौ २०८०, १७ : १३ मा प्रकाशित

२५ मेगावाटको सेती जलविद्युत् आयोजनाको परीक्षण, ९५ प्रतिशत काम सम्पन्न

माछापुच्छ्रे गाउँपालिकामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले आगामी मङ्सिर पहिलो सातासम्ममा परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेको छ । आयोजनाको हालसम्म ९५ प्रतिशत काम सम्पन्न भएको र दुई महिनाभित्रमा आयोजनाको बाँकी रहेका सम्पूर्ण काम सकिएर विद्युत् उत्पादन सुरु हुने जनाइएको छ ।

भिजन लुम्बिनी ऊर्जा कम्पनी प्रालिले सेती जलविद्युत् आयोजना निर्माण गरेको हो । यसको लागत रु पाँच अर्ब रहेको छ ।आयोजनाको सिभिलतर्फ हेडवक्र्सको  सबै काम सकिएको छ । त्यसै गरी पाइपलाइन जडानको काम पनि पूरा भएको छ । विद्युत् गृहमा उपकरण जडानको काम भइरहेको छ । परीक्षण उत्पादन सुरु भएको १५ दिनपछि व्यावसायिक उत्पादन सुरु हुनेछ ।

आयोजनाको सिभिलतर्फको सबै काम पूरा भएको र हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन ९प्रसारण लाइन० निर्माणतर्फका काम अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो । आयोजनाका अनुसार हाइड्रो मेकानिकल र इलेक्ट्रिक मेकानिकलका लागि आवश्यक सबै उपकरण तथा सामग्री निर्माण स्थलमा आइसकेकाले जडान भइरहेको छ ।

प्रसारण लाइनमा रहने १४ टावरमध्येमा तीन वटाबाहेक अन्यको काम सकिएको बताइएको छ । प्रसारण लाइनको ‘राइट अफ वे’ क्लियर भइसकेकाले बाँकी टावर निर्माण र तार जडान गरिने आयोजनाले जनाएको छ । “मङ्सिरको पहिलो साताभित्रमा परीक्षण उत्पादन सुरु गर्ने गरी कामलाई तीव्र बनाएका छौँ”, अध्यक्ष पोखरेलले भन्नुभयो, “धेरै समय लाग्ने काम अब बाँकी छैन, सरकारी तथा निजी सबै क्षेत्रबाट प्राप्त सकारात्मक सहयोगले आयोजना सम्पन्न हुने चरणमा आइपुगेको हो । ”

ड्याम, टनेल, पावर हाउस, टावर निर्माण तथा ‘राइट अफ वे’लाई आयोजनाका प्रमुख र जटिल कामका रूपमा लिने गरिन्छ । यी काम अन्तिम चरणमा पुगिसकेको आयोजनाले जनाएको छ । विसं २०७७ साउनदेखि आयोजनाको काम सुरु भएको हो । कोरोना महामारीका कारण आयोजनाको कामलाई असर गरेपछि निर्धारित समयभन्दा एक वर्ष बढी समय लागेको बताइन्छ ।

माछापुच्छ्रे–२ को भराभरीमा आयोजनाको हेडबक्र्स  रहेको छ । भराभरीस्थित सेती नदीको पानीलाई बाँध बाँधेर छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत विद्युत् गृहमा खसालेर बिजुली उत्पादन हुनेछ । विद्युत् गृहमा एक सय ८७ मिटर उचाइबाट पानी खसालेर १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्राइनबाट बिजुली उत्पादन हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको