आइसर 3015 J HSD ग्राहक भेटघाट कार्यक्रम नेपालगन्जमा सफलतापूर्वक सम्पन्न भएको छ । उक्त भेलामा ५० जनाभन्दा बढी ग्राहकहरूको सहभागिता रहेको थियो जहाँ सहभागीहरूले आइसर 3015 J HSD मोडेलका आकर्षक फिचर र सकारात्मक पक्षहरूबारे उत्सुकतापुर्वक जानकारी लिएका थिए ।
भेलाका सहभागीहरूले गाडीको शक्तिशाली इन्जिन, माइलेज र उच्चस्तरीय सुरक्षा सुविधाजस्ता प्रभावकारी फिचरहरूका बारेमा जान्न पाएका थिए । यी विवरणहरूले ग्राहकहरूलाई गाडीको क्षमताबारे राम्ररी जानकारी गराएको थियो ।
ग्राहकहरूको सकारात्मक प्रतिक्रियाबाट खुसी भएकाे भन्दै बतास एमए डब्लूका प्रडक्ट म्यानेजर ठाकुर कुमार गाहले सहभागीहरूको उत्साहजनक सहभागिताले आइसरका उत्पादनप्रतिको विश्वास झल्काउँने बताए । प्रिमियम नेक्स्ट जेनेरेसन लेबल उत्पादन रहेको आइसर 3015 J HSD बाट तुलात्मक रूपमा ५–८५ अतिरिक्त माइलेज पाउनुको साथै लामो यात्रामा रेस्टको लागि गाडी भित्र नै सिल्पर क्याबिन रहेको जानकारी दिए ।
साथसाथै २७५ उकालोमा सजिलै आइसर 3015 J HSD मोडेलको गाडीले १०.३ टन भार बहन गर्न सक्ने र ग्राहकहरूलाई सन्तुष्टि प्रदान गर्ने गाहले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस