Like us!
Follow us!
Connect us!
Watch us!

१ अर्ब ८० लाख लागतको सुनवल-बर्दघाट डबल सर्किट प्रसारण लाइनको काम अन्तिम चरणमा

अर्थ संसार

विहीबार, २८ भदौ २०८०, २२ : ५९ मा प्रकाशित

१ अर्ब ८० लाख  लागतको सुनवल-बर्दघाट डबल सर्किट प्रसारण लाइनको काम अन्तिम चरणमा

बर्दघाटको सुस्ता पश्चिमको सुनवलबाट बर्दघाटसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनले गति लिएको छ ।

यही भदौ ५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरबाट नवलपरासीको बर्दघाटसम्म २२० केभी को डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरेका थिए। प्रसारण लाइनअन्तर्गत पर्ने रुख कटानको अनुमति पाएसँगै सुनवलबाट बर्दघाटसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणको कामले गति लिएको हो ।

यसअघि समयमै रुख कटानको अनुमति नआउँदा प्रसारण लाइन निर्माणका लागि म्याद थप गर्नुपरेको थियो । गत वर्षको भदौ १५ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि वन मन्त्रालयबाट रुख कटानको अनुमति नपाउँदा प्रसारण लाइनको काम सुरु हुन नसकेपछि आयोजना सम्पन्न गर्न एक वर्षको समय थपिएको योजना प्रमुख विश्व रञ्जन मिश्रको भनाई छ ।

दुई चरणमा कटान गर्ने गरी रुख काट्ने अनुमति प्राप्त भएकामा हालसम्म दुई हजार रुख कटान भइसकेको छ । उक्त प्रसारण लाइन विस्तार क्षेत्रमा कुल पाँच हजार आठ सय रुख कटानको अनुमति प्राप्त भएको मिश्रको भनाई छ।

उनका अनुसार, “२१ किलोमिटर लामो प्रसारण लाइनका लागि ५६ वटा टावर निर्माण गर्नुपर्नेमा हालसम्म छ वटाको निर्माण सम्पन्न भएको छ भने २२ वटा टावर निर्माणाधीन अवस्थामा छ ।” थपिएको म्यादअनुसार यही वर्षको पुस मसान्तसम्ममा काम सक्ने गरी पावर चाइना सेपकोले रु ६० करोड लागतमा प्रसारण लाइन निर्माणको काम गरिरहेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–१३ सूर्य बस्तीमा यसअघि नै १ अर्ब ८० लाख रुपैयाँको लागतमा न्यु बुटवल सब स्टेसन निर्माण भइसके पनि प्रसारण लाइनको काम पूरा नहुँदा  केभी को डबल सर्किट प्रसारण लाइन भरतपुरसम्म जोड्ने योजना अधुरो बनेको थियो

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको