यशोदा फुड्सले आफ्नो लोकप्रिय उत्पादन करेन्ट नुडल्स तथा स्न्याक्सको लागी ब्रान्ड एम्ब्यासेडर चयन गरेको छ । कम्पनीले नेपाली चलचित्र जगतकी चिरपरिचित अभिनेत्री केकी अधिकारीलाई ब्रान्ड एम्ब्यासेडर चयन गरेको जानकारी दिएको छ ।
एक कार्यक्रमको आयोजना सहित गर्दै कम्पनीले सो कुराको जानकारी दिएको थियो । यशोदा फुड्सको लोकप्रिय चाउचाउ करेन्ट नुडल्सको ब्रान्ड एम्ब्यासेडर घोषणाको लागी आयोजित कार्यक्रममा नायिका केकी अधिकारी लगायत कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
यशोदा फुड्स प्रा.लीले सन् २०१७ मे महिना देखि आफ्नो व्यवसायको थालनी गरेको थियो । सुरुवाती दिनमा लाली र करेन्ट ब्रान्ड अन्तर्गत तयारी चाउचाउ उत्पादन गर्ने सोचका साथ रुपन्देहीको तिलोत्तमाबाट कम्पनीले आफ्नो उत्पादनको सुरुवात गरेको थियो ।
हाल कम्पनीले विभिन्न ब्रान्डका चाउचाउ तथा स्न्याक्सहरु उत्पादन गरी नेपाल तथा विश्वका विभिन्न मुलुकहरूमा निर्यात गर्दै आइरहेको छ । सुपर प्रिमियम सेगमेन्ट अन्तर्गत कम्पनीले करेन्ट हट एन्ड स्पाई सी, करेन्ट २× स्पाई सी, करेन्ट हट एन्ड लेमन स्पाई सी नुडल्स , करेन्ट चिज एन्ड बटर, करेन्ट मसरुम तथा करेन्ट कप नुडल्सको उत्पादन गरिरहेको छ भने प्रिमियम सेगमेन्ट अन्तर्गत करेन्ट, लाली, लगायतका चाउचाउहरू उत्पादनमा छन् ।
त्यसै गरी प्रिमियम स्न्याक्स सेगमेन्ट अन्तर्गत, करेन्ट चिजवाल, करेन्ट हट एन्ड स्पाई सी स्टीक्स , करेन्ट पोटेटो क्रयाकर, करेन्ट पोटे टो स्टीक्स , करेन्ट अचारी स्टीक्स, करेन्ट हट एन्ड लेमन स्टीक्स, करेन्ट ओनियन रिङ्ग, करेन्ट मखना लगायतका प्रिमियम स्न्याक्सको उत्पादन गरी नेपाल लगायत विदेशमा समेत निर्यात गरिरहेको छ ।
गुणस्तरीय चाउचाउ र स्न्याक्स उत्पादन गरी नेपाल लगायत विदेशका भारत, जापान, भुटान, दुबई, अस्ट्रेलिया, युरोप, युके, अमेरिका, क्यानडा, मलेसिया, बिङ्गापुर लगायतका देशहरूमा निर्यात गरिरहेको यस कम्पनीले आफ्ना उत्पादन र ब्रान्ड प्रतिको उपभोक्ताको दिन प्रतिदिनको विश्वास र भरोसा नै आफ्नो सम्पत्ति र ख्याति भएको कुरा समेत कम्पनीले जनाएको छ ।
हाल यस कम्पनीको उत्पादन करेन्ट हट एन्ड स्पाई सी नुडल्स नेपालमा सर्वाधिक रुचाइएको चाउचाउ अन्तर्गत पर्दछ भने नेपालको परिपेक्षमा यो चाउचाउ १ नम्बर स्थानमा पर्दछ । आजको दिनमा यस कम्पनीका चाउचाउ तथा स्न्याक्सप्रति दैनिक रूपमा आम उपभोक्ताको माग र विश्वास बढ्दै गएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस