Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन रिइन्स्योरेन्सले प्रिमियममा ३ करोड कित्ता आइपिओ ल्याउने तयारीमा

अर्थ संसार

आइतबार, ३१ भदौ २०८०, १४ : ०३ मा प्रकाशित

हिमालयन रिइन्स्योरेन्सले प्रिमियममा ३ करोड कित्ता आइपिओ ल्याउने तयारीमा

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले प्रिमियममा आइपिओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ।  हिमालयन रिइन्स्योरेन्सले नेपाल धितो पत्र बोर्ड (सेबोन) मा निवेदन दिँदै प्रिमियममा आइपिओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। 

कम्पनीले १०० रुपैयाँ अंकित दरमा १०८ रुपैयाँ प्रिमियम थपेर २०८ रुपैयाँमा आइपिओ ल्याउन अनुमति मागेको छ। सेबोनले अनुमति दिएमा यो कम्पनीले ३ करोड कित्ता आइपिओ ल्याउनेछ। 

आइपिओ बिक्रीबाट कम्पनीले ६ अर्ब २४ करोड रुपैयाँ रकम उठाउनेछ। यो आईपीओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको