Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन जरनल इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

अर्थ संसार

आइतबार, १९ बैशाख २०७८, १२ : ०९ मा प्रकाशित

हिमालयन जरनल इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले  आफ्नो २७ औँ वार्षिक साधारणसभा  बोलाएको छ । १७ गते बसकोे संचालक समितिको बैठकले जेठ २८ गते  काठमाण्डौको थापागाउँस्थित कम्पनीको केन्द्रीय कार्यालयमा साधारणसभा बोलाएको हो । सभाभर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ। 

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित कुल ६.७५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३.७५ प्रतिशतले हुन आउने नगद लाभांश ९लाभांश करसहित० र ३ प्रतिशतले हुन आउने बोनस सेयर रहेका छन्।

बोसन सेयर जारीपछि सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आउँदो जेठ १३ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ १२ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउनेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको