Like us!
Follow us!
Connect us!
Watch us!

कृष्णहरि पुष्करलाई फेरि अर्थ सचिवको जिम्मेवारी

अर्थ संसार

सोमबार, ०१ असोज २०८०, १२ : ४३ मा प्रकाशित

कृष्णहरि पुष्करलाई फेरि अर्थ सचिवको जिम्मेवारी

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि पुष्करलाई पुनः दोस्रोपल्ट अर्थ मन्त्रालयमा फिर्ता ल्याएको छ। 

शुक्रवार बसेको बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गर्दै कृष्णहरिलाई पुनः अर्थ मन्त्रालयको अर्थ सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।

पुष्करलाई २१ पुस २०७९ मा अर्थ मन्त्रालयको सचिवबाट सरुवा गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको थियो। त्यस लगत्तै उनलाई सामान्य प्रशासन मन्त्रालय पठाइएको थियो।

गत ७ भदौमा विनोदप्रकाश सिंहलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएपछि पुष्कर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका थिए।

मन्त्रिपरिषद् कार्यालय सरुवा भएका पोखरेल २० वैशाख २०८०मा अर्थ सचिव भएका थिए। पोखरेललाई चार महिनामै सरुवा गरिएको हो। दोस्रोपल्ट अर्थ सचिवको जिम्मा पाएका कृष्णहरि पुष्पक यसअघि २६ साउन २०७९ मा पनि अर्थ सचिवको रूपमा अर्थ मन्त्रालय पुगेका थिए।

गत वर्षको बजेट निर्माणका बेला तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बाहिरको मान्छे मन्त्रालय लगेर करका दर हेरफेर गराएको आरोप लागेका बेला पुष्कर राजस्व सचिव थिए। त्यति बेला अर्थ सचिव रहेका मधु मरासिनीले त्यहाँबाट सरुवा मागेर अन्त गएका थिए। तर, कृष्णहरि पुष्करको भने सरुवा गरिएको थिएन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको