Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजार एकल अंकले बढ्यो, कारोबार भने १ अर्ब मुनि

अर्थ संसार

सोमबार, ०१ असोज २०८०, १५ : १४ मा प्रकाशित

सेयरबजार एकल अंकले बढ्यो, कारोबार भने १ अर्ब मुनि

साताको धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सेयर बजारमा सामान्य सुधार आएको छ। 

हिजो राताम्य भएको सेयरबजारमा आज एकल अंकले सुधार आएको हो , बजार आज ४.२६ अंकले बढेको छ। योसँगै नेप्से परिसूचक १९६९.१८ को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि ०.०४ अंकले बढेर ३७८.७३ को विन्दुमा उक्लिएको छ। 

बजार जानकार उपेन्द्र पाठक अहिलेको बजारमा नीतिगत सुधार नै हुन आवश्यक रहेको बताउँछन्। ‘ढुकुटीमा पर्याप्त तरलता रहेको छ, सरकारले शून्य प्रतिशतमै बैंकहरुको स्थानीय तहको फन्ड चलाउन दिएको छ’, उनले भने, ‘तर, ख र ग वर्गका बैंकहरुको तुलनामा क वर्गका बैंकहरुको ब्याज उच्च भएको छ।’अहिले कुनै पनि गुड न्युजले बजारमा काम नगर्नुको मुख्य कारण नै नीतिगत समस्या रहेको पाठकको भनाइ छ। ‘त्यसैले शक्तिमा रहेका अर्थमन्त्रीले बोलेरभन्दा पनि काम गरेर देखाउन आवश्यक छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ। यो दिन व्यापार समूह सर्वाधिक १.६० प्रतिशतले उकालो लागेको छ । 

जलविद्युत समूह १.०४ प्रतिशतले बढ्दा विकास बैंक समूह ०.३९ प्रतिशत, वित्त समूहमा ०.९५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.७३ प्रतिशत, लगानी समूहमा ०.१३ प्रतिशत, जीवन बीमा समूहमा ०.३१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.३८ प्रतिशत, लघुवित्त समूहमा ०.१९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.५७ प्रतिशत र अन्य समूहमा ०.४९ प्रतिशतको बढोत्तरी भएको छ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको