Like us!
Follow us!
Connect us!
Watch us!

यातायात क्षेत्रका कर्मचारीलाई परिचयपत्र र पोशाक वितरण

अर्थ संसार

सोमबार, ०१ असोज २०८०, १५ : ३१ मा प्रकाशित

यातायात क्षेत्रका कर्मचारीलाई परिचयपत्र र पोशाक वितरण

पूर्वयातायात व्यवस्थापन प्रालिले आज काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा कार्यरत यातायात क्षेत्रका कर्मचारीलाई परिचयपत्र र पोशाक वितरण गरेको छ । सो अवसरमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात क्षेत्रलाई व्यवस्थित र सम्मानित बनाउन पोषक र परिचयपत्र वितरण गरिएको बताएका छन् । 

नयाँ बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले अस्तव्यस्त रुपमा नयाँ बसपार्कलाई नमूना बसपार्कका रुपमा स्थापित गर्न आफूहरु लागिपरेको बताएका छन् । “यातायात व्यवसायी र यस क्षेत्रमा कार्यरत मजदुरको समन्वयमा नयाँ बसपार्कलाई व्यवस्थित बनाउन लागेका छौँ,” उनले भने । नयाँ बसपार्कभित्र कार्यरत विचौलियाको अन्त्य हुनुपर्नेउनको भनाई छ । 

महासङ्घका वरिष्ठ उपाध्यक्ष पुन्यप्रसाद ९सरोज० सिटौलाले यातायात क्षेत्रका व्यवसायीको लगानीको संरक्षण गर्दै नेपालको यातायात क्षेत्रलाई नमूना बनाउनका लागि पूर्वयातायात व्यवस्थापन प्रालिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

महासङ्घका महासचिव डेकनाथ गौतमले यातायात क्षेत्रलाई व्यवस्थित बनाउनका लागि देशभरका सार्वजनिक यातायातमा कार्यरत मजदुरलाई अनिवार्य रुपमा पोशाक र परिचयपत्रको व्यवस्था गरिने जानकारी दिनुभयो । उहाँका अनुसार नेपालको यातायात क्षेत्रमा मध्यम तथा न्यून वर्गको रु १० खर्ब लगानी रहेको छ भने लाखौँ व्यक्तिलाई रोजगारी प्रदान गर्दै आइरहेको छ ।

यसअघि छुट्टाछुट्टै कम्पनी र छुट्टाछुट्टै व्यवस्थापनमा चल्दै आएका पूर्व क्षेत्र चल्ने सार्वजनिक सवारी साधन पछिल्लो समय ‘पूर्व यातायात व्यवस्थापन प्रालि’ मार्फत सञ्चालन हुन थालेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको