Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार झिनो अङ्कले वृद्धि ,रिलायबल नेपाल लाइफमा लगानीकर्ताको आकर्षण

अर्थ संसार

सोमबार, ०१ असोज २०८०, १६ : ०४ मा प्रकाशित

सेयर बजार झिनो अङ्कले वृद्धि ,रिलायबल नेपाल लाइफमा लगानीकर्ताको आकर्षण

 साताको दोस्रो कारोबार सोमबारका दिन नेप्से परिसूचक सामान्य अंकले बढ्दा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् । 

यसदिन कम्पनीको इन्स्योरेन्सको सर्वाधिक ९ करोड ३८ लाख ८० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । त्यस्तै, एनआइसी एशिया बैंकको ४ करोड ३४ लाख ३ हजार, साल्ट ट्रिडिङ कर्पोरेशनको ३ करोड ९९ लाख ४० हजार, एभरेष्ट बैंकको ३ करोड ६० लाख ८२ हजार र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ४२ लाख ६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भई शीर्ष पाँच भित्र रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक सोमबार ४।२६ अंक बढेर १,९६९.१८ को विन्दुमा बन्द भएको छ । त्यसैगरी, ठूला कम्पनीप्को सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.०४ अंक बढेर ३७८.७३ को विन्दुमा बन्द भएको हो । यसदिन नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । 

अघिल्लो कारोबारको दिन २ अर्ब २ करोड ८४ लाख ६५ हजार रुपैयाँमा बराबरको सेयर खरिदबिक्री भउको बजारमा यसदिन २७१ कम्पनीको २८ लाख ७४ हजार २७५ कित्ता सेयर ८७ करोड ४ लाख ४४ हजार रुपैयाँमा खरिदबिक्री भए । कारोबारमा आएका १४९ कम्पनीको सेयर मूल्य बढेको छ । ६२ कम्पनीको सेयर मूल्य घटेको छ भने, १५ कम्पनीको सेयर मुल्य स्थिर छ ।

नेप्सेका अनुसार इमर्जिङ्ग नेपालको सेयर मूल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, थ्रिस्टार हाइड्रोपावरको ९.९८ प्रतिशत, भुगोल इनर्जिको ८.७२ प्रतिशत, आबीबी म्युचुअल फण्ड २ को ७.९४ प्रतिशत र मेच्छियम हाइड्रोपावर कम्पनीको ७.७७ प्रतिशत सेयर मूल्य बढेको छ । भने अन्य कम्पनीको सेयर मूल्य ७.६९ प्रतिशत भन्दा कमले बढेको छ । १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको