Like us!
Follow us!
Connect us!
Watch us!

मीड सोलु हाइड्रोपावरको आइपीओमा आवेदनको ओइरो

अर्थ संसार

सोमबार, ०१ असोज २०८०, १८ : ०७ मा प्रकाशित

मीड सोलु हाइड्रोपावरको आइपीओमा आवेदनको ओइरो

मीड सोलु हाइड्रोपावरको आइपीओमा १ अर्ब १६ करोड ३० लाख ५२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज असोज १ गते साँझसम्ममा १० लाख ३० हजार ७४२ जनाले १ करोड १६ लाख ३० हजार ५२० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १८.७२ गुणा बढी आवेदन हुन आउँछ ।

कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० लाख साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुटाइएको शेयरको १० प्रतिशतले हुन आउने ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ।

अब दोस्रो चरणमा कम्पनीले १४ हजार ९६८ कित्ता शेयर कर्मचारीहरूका लागि ३७ हजार ४२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गर्न लागेको हो। यसमामा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको