Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री, गभर्नर तथा सेबोन अध्यक्ष बीच भेटघाट

लोकेन्द्र ढकाल

सोमबार, ०१ असोज २०८०, १९ : २३ मा प्रकाशित

अर्थमन्त्री, गभर्नर तथा सेबोन अध्यक्ष बीच भेटघाट

अर्थमन्त्री डा. प्रकाशशरण महत, गभर्नर महाप्रसाद अधिकारी, धितोपत्र बोर्डका तथा अध्यक्ष रमेश हमाल बीच आज अर्थ मन्त्रालयमा भेटघाट भएको छ । अर्थ मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार अर्थमन्त्रीले सबैलाई भेटघाटका लागि बोलाएका थिए ।

आजको भेटघाटका क्रममा कुनै औपचारीक विषयमा केन्द्रीत भएर छलफल नभएको बताइएको छ । भेटका क्रममा गभर्नर महाप्रसाद अधिकारीको भर्खरै सम्पन्न भारत र फिलिफिन्स भ्रमणका विषयमा अर्थमन्त्रीलाई जानकारी गराएको अर्थमन्त्रालय स्रोतले बताएको छ । आगामी असोज ५ देखि ११ गते सम्म अर्थमन्त्री र गभर्नर दुवैको इजिप्ट भ्रमणका विषयमा पनि छलफल भएको बताईएको छ । 

अर्थ मन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री र गभर्नर बीच केही समय वान टु वान वार्ता समेत भएको थियो । अर्थमन्त्री र गभर्नर बीच  वार्ताका क्रममा के विषयमा छलफल भयो भन्ने बारे अर्थमन्त्रालय र राष्ट्र बैंक दुवैले केही पनि खुलाउन चाहेनन्। उनीहरूले यस्ता भेटघाट पहिला पनि हुन्थ्यो र अहिले पनि त्यसैको नियमित प्रकिया भएको बताएका छन् । अर्थमन्त्री र गभर्नर वीच टकरावको सम्बन्ध छैन भन्ने संकेत दिन पनि  यो भेट्घाट भएको एक स्रोत बताउन्छ ।

धितोपत्र बोर्डका अध्यक्षलाई समेत बोलाएर गरिएको यस भेट्घाट लाई अर्थपूर्ण रुपमा लिन सकिन्छ । पछिल्लो समय शेयर धितो कर्जामा लगाईएको १२ करोडको सिमाको सम्बन्धमा समेत भेटका क्रममा कुराकानी भएको हुनसक्ने आकलन गरिएको छ । यझपि भेटघाटमा सामेल कसैले पनि भेटघाटको विषय र भएको कुराकानीका बारे बताउन चाहेनन् ।

एक उच्च स्रोतका अनुसार भोली पनि छलफलका लागि तयारी भइरहेको बताईएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको