Like us!
Follow us!
Connect us!
Watch us!

आवासीय घरकर्जा शिर्षकमा साउनमा महिनामा सवा ११ अर्ब कर्जा प्रवाह

अर्थ संसार

मंगलबार, ०२ असोज २०८०, १४ : १५ मा प्रकाशित

आवासीय घरकर्जा शिर्षकमा साउनमा महिनामा सवा ११ अर्ब कर्जा प्रवाह

अघिल्लो साउनको तुलनामा चालु आर्थिक वर्षको साउनमा व्यक्तिगत आवासीय शीर्षकमा घर कर्जा बढेको छ । बैङ्क तथा वित्तीय संस्थाहरूले एक महिनामा ११ अर्ब २४ करोड रुपैयाँ व्यक्तिगत आवासीय घर कर्जा प्रवाह गरेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

अघिल्लो साउनमा व्यक्तिगत आवासीय घर कर्जा शीर्षकमा चार अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । चालु आवको मौद्रिक नीतिमार्फत राष्ट्र बैङ्कले व्यक्तिगत आवासीय घर कर्जाको सीमा ५० लाखले बढाएर अधिकतम दुई करोड रुपैयाँ पुर्‍याएको छ । यसअघि यस्तो कर्जाको अधिकतम सीमा डेढ करोड रुपैयाँ रहेको थियो ।

बैङ्कबाट व्यक्तिगत आवासीय घर कर्जा प्रवाह बढे पनि रियल ई स्टेट कर्जा भने ऋणात्मक देखिएको छ । साउन महिनामा रियल ई स्टेट कर्जा ९ अर्ब ३२ करोड रुपैयाँले ऋणात्मक रहेको छ । जबकि, अघिल्लो साउनमा रियल ई स्टेटतर्फ १२ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

बैङ्क तथा वित्तीय संस्थाले कुनै पनि शीर्षकमा प्रवाह गर्ने नयाँ कर्जाभन्दा पुरानो कर्जा असुली धेरै भयो भने समग्रमा कर्जा ऋणात्मक देखिन्छ । साउन महिनामा रियल ई स्टेट क्षेत्रमा पनि बैङ्कहरूको नयाँ कर्जा लगानी भन्दा पुरानो कर्जा असुली अधिकतम भएको देखिन्छ ।

पछिल्लो समय घरजग्गा कारोबारमा मन्दी छाएको छ । घर घडेरी खरिद गर्ने ग्राहक नभेटिँदा नयाँ प्लटिङ, हाउजिङ  तथा अपार्टमेन्टमा लगानी पनि घटेको छ । रियल ई स्टेट कम्पनीहरू अझै पनि ‘पर्ख र हेर’को अवस्थामा छन् ।

रियल ई स्टेट कर्जा ऋणात्मक देखिनुको अर्को मुख्य कारण दुई करोडभन्दा बढी मूल्यका घर–घडेरीको किनबेच सुस्ताउनु पनि हो । किनभने, २ करोडभन्दा बढी रकमको घर कर्जा स्वतः रियल ई स्टेट कर्जामा गणना हुन्छ ।

साउनमा रेसिडेन्सियल  रियल ई स्टेट कर्जा (अधिकतम दुई करोडसम्मको व्यक्तिगत आवासीय घर कर्जा बाहेक) १० अर्ब ३२ करोड रुपैयाँ ऋणात्मक छ । आम्दानी सिर्जना गर्ने कमर्सियल कम्पलेक्सतर्फको कर्जा पनि २१ करोड ऋणात्मक छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको