Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डको एक्सन: केयर रेटिङलाई ५० हजार जरिवाना

अर्थ संसार

बुधबार, ०३ असोज २०८०, ०९ : २० मा प्रकाशित

धितोपत्र बोर्डको एक्सन: केयर रेटिङलाई ५० हजार जरिवाना

नेपाल धितोपत्र बोर्डले केयर रेटिङलाई कारबाही गरेको छ । मंगलबार बसेको सेबोनको संचालक समितिको बैठकले केयर रेटिङलाई नगद जरिवाना गर्ने निर्णय गरेको हो । 

यसअघि बोर्डले पुस २८ गते केयर रेटिङलाई स्पष्टीकरण सोधेको थियो। नियमविपरीत बैंकको ऋणका लागि रेटिङ गरेपछि बोर्डले स्पष्टीकरण सोधेको थियो। 

केयर रेटिङले केयर रेटिङ नियमावलीविपरीत कार्य गरेकाले कारबाही गरिएको बुझिएको छ । केयरलाई रेटिङलाई ५० हजार जरिवाना गरिएको सेबोनका एक अधिकारीले अर्थसंसारलाई जानकारी दिए। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको