ब्रोकर नम्बर ४६ कालिका सेक्युरिटीजले बुटवलमा आफ्नो शाखा कार्यालयको उद्घाटन गरेको छ ।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै ब्रोकर ४६ ले विधिवत् रुपमा शाखा कार्यालय सञ्चालनमा आएको जानकारी दिएको हो । बुटवलको पुष्पलाल चोक, मैत्रीपथमा कार्यालय रहने गरि ब्रोकर ४६ ले सेयर कारोबार सञ्चालन गर्ने जनाइएको छ ।
कालिका सेक्युरिटीजले यस अघि बाँके र महोत्तरी जिल्लामा ब्रोकरेज सेवा प्रदान गर्दै आएको छ । यससँगै सेक्युरिटीजले आफ्नो सेवा मुख्य कार्यालयसहित चार स्थानबाट प्रवाह गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस