Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको बढाई दिगो रहला त, के भन्छन् लगानीकर्ता तथा विश्लेषक ?

अर्थ संसार

शुक्रबार, ०५ असोज २०८०, १८ : २० मा प्रकाशित

लगानीकर्ता दिपेन्द्र अग्रवालले १२ करोडको क्याप हट्ने र संस्थागत लगानीकर्तालाई लगाइएको बन्देज हटाइयो भने बजार २(३ सय अङ्कले बढ्ने बताएका छन् । उनले हाइड्रो र फाइनान्समा चार्म देखिएको भन्दै अब लो क्याप स्क्रीप्ट नै बढ्ने बताए । सानो फाइदा लिएर कारोबार गर्दा त्यसले ब्रोकरलाई मात्र फाइदा पुग्ने भन्दै उनले लामो समय होल्ड गरेर लगानी गर्न लगानीकर्तालाई अनुरोध गरेका छन् । १२ करोडको क्याप हट्ने नहट्ने बारे अर्थसंसारको जिज्ञासामा अग्रवालले बजारले मोमेन्टम लिएमा १२ करोडको क्यापले खासै असर नपार्ने बताए । क्याप हटे पनि अहिले नै लगानीकर्ताले तुरुन्तै ऋण लिएर लगानी गर्ने वातावरण नरहेको हुँदा अर्थतन्त्रमा विश्वास गर्ने खालको अवस्था निर्माण गर्न अग्रवालले धितोपत्र बोर्डको नेतृत्वलाई आह्वान पनि गरे ।

लगानीकर्ता सुवास चन्द्र ढुङ्गानाले बजारको बढाईको सिग्नल केही दिन अघि नै देखिएको हुँदा बढाई स्वाभाविक नै रहेको बताए । आगामी दिन कुनै कुनै सेक्टरमा करेक्सन हुने सम्भावना रहेको र अन्य स्क्रीप्टमा सामान्य रिट्रेसमेन्ट लिएर बजार माथि नै जाने उनले बताए । हाइड्रो सेक्टरमा आएको भोल्युम र टर्नओभर सकारात्मक रहेको बताउँदै उनले हिजो समग्र हाइड्रो इन्डेक्सको माथिल्लो ट्रेन्डलाइनमा भएको ब्रेकआउट रिट्रेसको लागि आएर फेरि हाइएर हाइ बनाउनतर्फ नै अघि बढ्ने बताए । १२ करोडको क्याप हट्ने सम्बन्धि जिज्ञासामा बजारमा देखिएको मागले नीतिमा केही न केही परिवर्तन आउने सम्भावना रहेको बताए ।

लगानीकर्ता छोटेलाल रौनियारले हावादारीमा बजार बढेको भए अहिलेको वृद्धि नटिक्ने बताउँदै पोलिसीमै परिवर्तन आउनु पर्ने बताए । संस्थागत लगानीकर्तालाई १२ करोडको क्याप हटाउने, अरु लगानीकर्तालाई २०-२५ करोडको क्याप विस्तार गर्ने, ट्रेडरलाई ५ प्रतिशत क्यापिटल गेन ट्याक्स तथा लङ टर्म लगानीकर्तालाई ३ प्रतिशत बनाउने, रिस्क वेटेज १५० प्रतिशतलाई १०० प्रतिशतमा झार्ने कुराबारे सकारात्मक धारणा बनेको हुनाले लगानीकर्ता उत्साहित बनेको रौनियारको भनाई थियो । नीतिमा हुनसक्ने परिवर्तन बारे आफूमा अझै विश्वस्त हुन नसकेको भन्दै राष्ट्रबैंकको बोर्डमा त्यसबारे कुरा भएको बारे आफूले जानकारी नपाएको बताए । लगानीकर्तालाई हौसिएर नकिन्ने, ट्रेडिङ गर्ने, घटेको सेक्टर तथा फन्डामेन्टल्ली राम्रो कम्पनीमा लगानी गर्ने समय रहेको रौनियारको सुझाव थियो । धितोपत्र बोर्डलाई सप्लाईलाई नियन्त्रण गर्न आफूले सुझाव दिए पनि धितोपत्र बोर्डको नीति अनुसार आइपिओको बारे दुई महिनामै निर्णय दिनुपर्ने हुनाले सप्लाई केही बढेको जवाफ पाएको रौनियारले बताए ।

लगानीकर्ता तारा फुल्लेलले बजार लामो समय तल्लो अवस्थामा बसेको र लगानीकर्ता प्यानिकको लेभलमा रहेको हुँदा अब चाहिँ बजार बढ्ने संकेत देखिएको बताए । लगानीकर्ताको संघ संगठनको प्रभावकारी भूमिका नदेखिएको प्रश्नमा फुल्लेलले सेयर बजारमा अहिले भएको नीतिगत सुधार लगानीकर्ताको संघ संगठनको पहलमा नै भएको बताए । लगानीकर्ताको धेरै संघ संगठन बन्दा आम लगानीकर्ता अन्योलमा परेको उनको भनाई थियो । एक संगठित महासंघ बनाउने उद्देश्यका साथ छलफल भइरहेको र त्यसबारे आफू सकारात्मक रहेको फुल्लेलले बताए । धितोपत्र बोर्डको नेतृत्वलाई लगानीकर्ताको संघ संगठनले देवत्वकरण गरेको मात्रै होकि भन्ने जिज्ञासामा उनले धितोपत्र बोर्डलाई थप सप्लाई कम गराउन तथा लगानीकर्तालाई टिकाउन के गर्नुपर्छ भन्ने बारे भूमिका खेल्न आफूहरुले अनुरोध गरेको बताए ।

लगानीकर्ता एसपी चौलागाईंले राष्ट्र बैंकले दुई वर्ष अघि देखि गरेको गल्ती कमजोरी सच्याउनेतर्फ लागेको सन्देश जानाले बजारमा त्यसको प्रत्यक्ष प्रभाव देखिएको बताए । हाइड्रोपावर सेक्टर निकै घटेर बटममा पुगेको हुँदा बाउन्स ब्याक सँगै लगानीकर्ता हनी हन्टिङमा लाग्दा उक्त सेक्टर व्यापक बढेको उनको भनाई थियो । राष्ट्र बैंकले नीतिगत परिवर्तन ल्याउँला कि नल्याउँला भन्ने जिज्ञासामा चौलागाईंले राष्ट्र बैंकले नै पुँजीबजारको समस्या निम्त्याएको हुँदा राष्ट्र बैंकले नै त्यसको निराकरण गर्नुपर्ने बताए । उनले बजार ११०० बाट ३३०० पुग्दा हौसिने र बजार १८०० मा आउँदा प्यानिक हुने बानी घातक हुने बताए । राम्रा कम्पनी छानेर लगानी गरेर होल्ड गर्न सके ८(१० गुणा प्रतिफल प्राप्त गर्न सकिने उनको भनाई थियो ।

लगानीकर्ता रोहन कार्कीले बजार बटमकै आसपास लामो समय साइडवेजमा रहेको बताए । डलर सञ्चितिमा उल्लेख्य सुधार भएको, रेमिट्यान्स बढेको, सिडि रेसियो घटेको अवस्थामा बाह्य अर्थतन्त्र राम्रो अवस्थामा पुगेको कार्कीको भनाई थियो । आन्तरिक अर्थतन्त्रमा पोलिसीले केही दबाब दिए पनि अब आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउनु पर्नेतर्फ राष्ट्र बैंक र अर्थ मन्त्रालय सकारात्मक बनेको पनि कार्कीले जनाए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको