Like us!
Follow us!
Connect us!
Watch us!

सिटि होटलको अवितरित लिलामी सेयर बाँडफाँड

अर्थ संसार

शुक्रबार, १२ मंसिर २०८२, १० : ४१ मा प्रकाशित

सिटि होटलको अवितरित लिलामी सेयर बाँडफाँड

सिटि होटल लिमिटेडको लिलाम बिक्री गरिएको सेयर बाँडफाँट गरिएको छ । कम्पनीले कात्तिक २३ देखि ३० गतेसम्म लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रीमा राखेको २१ लाख ५० हजार ४१८ कित्ता अवितरित हकप्रद सेयर बाँडफाँड भएको हो । 

बिक्री अवधिभर परेका गोप्य शिलबन्दी बोलपत्रहरू मंसिर ५ गते खोली मंसिर ११ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो। होटलले संस्थापक समूहतर्फको १९ लाख ८९ हजार ९९९ कित्ता, कर्मचारी तर्फको लकइनमा रहेको ६ हजार कित्ता र सर्वसाधारण समूहतर्फको लकइनमा नरहेको १ लाख ५४ हजार ४१९ कित्ता सेयर लिलामीमा राखेको थियो ।

बाँडफाँडमा संस्थापक समूहतर्फको अन्तिम मूल्य (कट अफ प्राइस) २५१ रुपैयाँ, कर्मचारी तर्फको लकइनमा रहेको सेयर ३०६.१० रुपैयाँ र सर्वसाधारण समूहतर्फको लकइनमा नरहेको सेयरको ४३६ रुपैयाँ मूल्य कायम भएको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरूलाई सापेक्षिक भार अनुसार समानुपातिक रूपमा बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको