Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार १९.४२ अङ्कले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

अर्थ संसार

आइतबार, ०७ असोज २०८०, १५ : २० मा प्रकाशित

आइतबार १९.४२ अङ्कले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

साताको कारोबार हुने पहिलो दिन आइतबार सेयरबजार ओरालो लागेको छ । आइतबार समग्र नेप्से परिसूचक १९.४२ अङ्कले घटेको हो ।

१२ करोडको क्याप हट्ने सम्भावित खबरहरु प्रकाशित भएसँगै बिहीबार ४४.३४ अङ्कले बढेर २०२९.७८ विन्दुमा बन्द भएको नेप्से आज भने १९.४२ अङ्कले घट्दै २०१०.३५ अङ्कमा बन्द भएको छ । अघिल्लो दिन कुल ३ अर्ब २९ करोड ३९ लाख २१ हजार ३ सय ६८ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम पनि घटेर २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार २ सय ७ रुपैयाँमा सीमित हुन पुगेको छ ।

आज सर्वाधिक कमाउनेतर्फ स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त, एसियन हाइड्रोपावर र थ्रीस्टार हाइड्रोपावर रहे । ती कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । आइतबार सर्वाधिक गुमाउनेतर्फ शिभम् पावर कम्पनी रह्यो । उक्त कम्पनीको सेयरको मूल्यमा १० प्रतिशतको नेगेटिभ सर्किट लाग्यो ।

बिहीबार फाइनान्स उपसूचक सर्वाधिक १.९८ प्रतिशतले घट्दा हाइड्रोपावर सबइन्डेक्स र ट्रेडिङ सबइन्डेक्स समान १.८१ प्रतिशतले ओरालो लागे । आज माइक्रोफाइनान्स सबइन्डेक्स भने ०.९९ प्रतिशतले वृद्धि भयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको