Like us!
Follow us!
Connect us!
Watch us!

थ्री स्टार हाइड्रो: निरन्तर ५ दिन देखि सर्किट, दिनभर ४६ हजार कित्ता बेचेको एकै ब्रोकर मार्फत अन्तिम समयमा केहि कित्ता किनेर सर्किट

अर्थ संसार

आइतबार, ०७ असोज २०८०, १६ : २७ मा प्रकाशित

थ्री स्टार हाइड्रो: निरन्तर ५ दिन देखि सर्किट, दिनभर ४६ हजार कित्ता बेचेको एकै ब्रोकर मार्फत अन्तिम समयमा केहि कित्ता किनेर सर्किट

थ्री स्टार हाइड्रोमा विगत केहि कारोबार दिनमा लगातार बजारका ट्रडेरले कारोबारको अन्तिम समयमा सर्किट लगाउने गरिएको देखिएको छ। नेप्सेको विवरण अनुसार पछिल्लो ५ कारोबार दिन देखि यस कम्पनीको मुल्यमा सकारात्मक सर्किट लागिरहेको छ। 

Date
Price
Opening Price on 17th September
                                 307.00
Closing Price on 17th September 2023
                                 337.40
Closing Price on 18th September 2023
                                 371.40
Closing Price on 19th September 2023
                                 408.50
Closing Price on 21st September 202
                                 449.30
Closing Price on 24th September 2023
                                 493.00


असोज १ को कारोबार सुरुवातमा ३०७ रुपैयाँ कारोबार मूल्य रहेको यस कम्पनीको  असोज ७ अर्थात आजको अन्तिम कारोबार मूल्य ४९३ रुपैयाँमा बन्द भयो।  ५ कारोबार दिनमा कम्पनीको मुल्य १८६ रुपैयाँ बढेको छ।  

अन्तिम समयमा सर्किट 

यस कम्पनीको सेयरको अन्तिम समयको कारोबारलाई नियाल्ने हो भने यस कम्पनीमा अन्तिम समयमा मूल्य बढाएर सकारात्मक सर्किट लगाइने गरिएको पाइएको छ।  उदहारणको लागि आज अर्थात असोज ७ को कारोबारलाई नियाल्ने हो भने पनि अन्तिम समयमा ब्रोकर नम्बर ७१ को प्लाटफोर्म मार्फत अन्तिम समयमा सेयरको मूल्य बढाउदै तानिएको देखिन्छ। 



 

ठूलो मात्रामा एकै ब्रोकर मार्फत सेयर बेचेर अन्तिममा त्यहि ब्रोकर मार्फत सर्किट 

थ्री स्टार हाइड्रोपावरको सेयरमा ब्रोकर ७१ मार्फत अन्तिम समयमा केहि हजार कित्ता किनेर सर्किट लगाइयो। यस ब्रोकर मार्फत ८६२४ कित्ता दिनभर यस कम्पनीको सेयर किनियो। तर यस कम्पनीको सेयरको सकारात्मक सर्किट लगाउने यस ब्रोकरले आजै मात्र यस कम्पनीको ४६ हजार ३४३ कित्ता फालिएको देखिन्छ। उसको औसत सेलिङ्ग  मूल्य ४०७ रुपैयाँ २१ पैसा रहेको छ। यसरी ठूलो कित्ता बेच्ने र अन्तिम समयमा सानो कित्ताले सेयरको भाउ बढाउनुको उद्देश्य उसको अझै सेयर बेच्न बाँकी रहेको हुनसक्ने अनुमान गर्न सकिन्छ। 

भखरै आईपीओ सूचीकृत 

यस  थ्री स्टार हाइड्रोपावरको केहि समय अगाडी मात्र आईपीओ बाँडफाँट पछि नेप्सेमा सुचीकृत भएको थियो । कम्पनीले असार ५ गतेदेखि ८ गतेसम्म ६ लाख १३ हजार १६२ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । जसमा गोला प्रथामार्फत कुल ६१ हजार ३१६ जना सर्वसाधारण लगानीकर्ताहरूले १० कित्ता का दरले सेयर पाएका थिए। कम्पनीले यसअघि ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली र ४ लाख ९२ हजार ५०० कित्ता सेयर निष्कासन आयोजना प्रभावित स्थानीयलाई बाँडफाँट गरेको थियो ।साथै, कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्टाइएको थियो ।
 

कम्पनीको बारे 

थ्री स्टार हाइड्रोपावरएक जलविद्युत कम्पनी हो। कम्पनीको परियोजना स्थल साइट प्रदेश १, हलेशी तुवाचुङ नगरपालिका, खोटाङमा अवस्थित छ। यो जलविद्युत आयोजना २०७२ सालमा स्थापना भएको हो । कुल ६.६ मेगावाट क्षमताको यो जलविद्युत आयोजनाले २०७३.०७.०९ गते सर्वे लाइसेन्स र २०७४.०९.०३ मा उत्पादन अनुमतिपत्र प्राप्त गरेको थियो । सुरुमा- कुमार खरेल, मोहन कार्की र माधव मैनाली; तीन संस्थापकहरूले कम्पनीको नाम र त्यसपछि - थ्री स्टार हाइड्रोको नाम राखियो।  कम्पनीको हालको संरचनामा नयाँ सदस्यहरु उद्धवराज शिवकोटी ‘कङ्गल’, आनन्द पी मानन्धर, जेन लामा, आङ छिरिङ लामा (शेर्पा), आङ निमा शेर्पा र पेम्बा छिरिङ लामामा आवद्ध भई बोर्डमा जम्मा ७ जना सदस्य रहेका छन् । पूर्व दुई संस्थापक मोहन कार्की र माधव मैनाली नयाँ सल्लाहकारको भूमिकामा सरे। २०७२ सालदेखि सञ्चालनमा आएको दोलखाको सुस्पा चेमावट्टीमा रहेको ९९८ किलोवाटको कुथेली बुखारी जलविद्युत आयोजना थ्री स्टार हाइड्रोको टोलीले सफलतापूर्वक सम्पन्न गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको