Like us!
Follow us!
Connect us!
Watch us!

चिकित्सकको आन्दोलनले देशभर बिरामीलाई सास्ती

अर्थ संसार

मंगलबार, ०९ असोज २०८०, १२ : १२ मा प्रकाशित

चिकित्सकको आन्दोलनले देशभर बिरामीलाई सास्ती

चिकित्सक माथि हातपात भएको विरोधमा देशभरका विभिन्न अस्पतालमा चिकित्सक आन्दोलित हुँदा उपचारका लागि अस्पताल पुगेका बिरामीहरु मर्कामा परेका छन् ।

सोमबार पोखरास्थित मणिपाल अस्पतालमा बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तहरुले चिकित्सकमाथि कुटपिट तथा अस्पताल तोडफोड गरेका थिए । त्यसैको विरोधमा आज काठमाडौंको नेपाल मेडिकल कलेज, पोखराको गण्डकी मेडिकल कलेजलगायत अस्पतालमा चिकित्सकले सेवा ठप्प पारेका छन् । अस्पतालको सेवा बन्द भएको बारे जानकारी नपाएमा बिरामीहरु मङ्गलबार बिहान ती अस्पतालबाट निराश भएर घर फर्किरहेको अवस्थामा देखिएका थिए । मणिपाल अस्पतालमा भने हिजो ६ बजे देखि नै ओपिडी, आइसियुलगायत सम्पूर्ण सेवा ठप्प पारिएको छ ।

सोमबार साँझ करिब ७ बजे मणिपाल अस्पतालमा मृतक पक्ष र चिकित्सक पक्षबीच विवाद सिर्जना भई होहल्ला, नाराबाजीको स्थिती उत्पन्न भएको थियो । दुवैतर्फबाट अस्पतालको सिसा तोडफोड हुन थालेपछि प्रहरीले चिकित्सक कुटपिटमा संलग्न पोखरा-५ मालेपाटनका विनय गुरुङलाई नियन्त्रणमा लिएको थियो । गुरुङलाई स्वास्थ्यकर्मी तथा स्वास्थसंस्थाको सुरक्षा सम्बन्धि ऐन,२०६६ कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी प्रहरीले चिकित्सकतर्फ होहल्ला र नाराबाजीको आरोपमा डा. दिनेशकुमार विकलाई पनि नियन्त्रणमा लिएको थियो । उनलाई आज बिहान ९ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेटरको रोहबारमा रिहा गरिएको पनि प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको