Like us!
Follow us!
Connect us!
Watch us!

अहिले नेतृत्व छाड्दिनँ, उपयुक्त समयमा विश्राम लिन्छु - केपी शर्मा ओली

अर्थ संसार

बुधबार, २० जेठ २०८३, १५ : २१ मा प्रकाशित

अहिले नेतृत्व छाड्दिनँ, उपयुक्त समयमा विश्राम लिन्छु  - केपी शर्मा ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी अहिले चुनौतीपूर्ण अवस्थामा रहेकाले तत्काल नेतृत्व नछाड्ने बताएका छन्। काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले पुस ३ गते सम्पन्न महाधिवेशनले पनि यस्तै कठिन परिस्थितिको सामना गर्न आफूलाई अध्यक्षको जिम्मेवारी दिएको उल्लेख गरे।

ओलीले पार्टी, आन्दोलन र देशलाई विद्यमान चुनौतीबाट पार लगेर अगाडि बढाउने आफ्नो सङ्कल्प दृढ रहेको बताए। साथै, पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टी सदस्यता नवीकरणका लागि आवेदन दिइसकेको जानकारी पनि उनले दिए।

उनले आफ्नो नेतृत्व निरन्तर रहने संकेत गर्दै आफूले अध्यक्ष पद छाड्ने भन्ने कुनै आशङ्का नराख्न कार्यकर्तालाई आग्रह गरे।

उनले भने, ‘अनुकूल वातावरण बन्यो भने, प्रधानमन्त्री खान पाइने भो भने, कस्सिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु, अप्ठ्यारो अवस्था आयो भने झोला फ्याँकेर भागिहाल्नु भनेर होइन । त्यसका निम्ति होइन, जस्तोसुकै परिस्थिति आए पनि सङ्घर्षको नेतृत्व गर्नु, पार्टीको नेतृत्व गर्नु भनेको सङ्घर्षको नेतृत्व गर्नु हो । सङ्घर्षको नेतृत्व गर्नु, अप्ठ्यारो अवस्था आएकै छ, त्यस अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको हो । मैले बीचमै झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने, त्यो आशङ्का मनमा नलिनुहोला । म अप्ठ्यारो परिस्थितिसँग जुधेर, पार्टीलाई अगाडि बढाएर, पार्टीलाई सफलतामा पुर्‍याएर अनि विश्राम लिनुपर्ने अवस्थामा विधिसम्मत पार्टीका आफ्ना विधान, विधि, प्रक्रिया छन्, त्यसबमोजिम मैले विश्राम लिने स्थिति बन्छ । विद्या भण्डारीजीको कुरा अहिले पनि उठिराखेको छ । उठाउनै पर्दैन, उहाँ राष्ट्रपति भएका बेला सदस्य हुनुहुन्नथ्यो । नभएको सदस्यता नवीकरण हुँदैनथ्यो । अस्ति भर्खर उहाँले आवेदन दिनुभयो । आवेदन दिएपछि कमिटीले उहाँको सदस्यता दियो। यसमा भ्रम राख्नु पर्दैन ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको