पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार ३२ सय माथि हुँदा र २५ सय तल आउँदा एउटै नहुने बताएका छन् ।
उनले नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सेयर बजार ३२ सय भन्दा माथि हुँदा जोखिम भार बढ्नु ठिक भएपनि बजार २५ सय भन्दा तल जादा पनि जोखिम भार एउटै हुन्छ भनी प्रश्न गरेका थिए । खतिवडाले धितोपत्र बोर्डलाई पनि बजार तल झर्दा किन यति धेरै आइपिओ, एफपिओ फ्लोट गरेको भन्दै प्रश्न गरे ।
उनले सेयर बजारका लगानीकर्तालाई राष्ट्र बैंकले १२ करोडको बन्धनमा बाँधेर राख्न नहुने पनि बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस