Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंक बोर्ड बैठक बुधबार, १२ करोडको सिमाबारे सर्कुलर जारी गर्न गभर्नरलाई अधिकार दिईन सक्ने

लोकेन्द्र ढकाल

मंगलबार, ०९ असोज २०८०, २२ : १४ मा प्रकाशित

राष्ट्र बैंक बोर्ड बैठक बुधबार, १२ करोडको सिमाबारे सर्कुलर जारी गर्न गभर्नरलाई अधिकार दिईन सक्ने

नेपाल राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड) को बैंठक बुधवार विहान ८ बजे बस्ने भएको छ । राष्ट्र बैंक उच्च स्रोतका अनुसार भोली बस्ने छलफलको एजेण्डामा १२ करोडको सेयर धितो कर्जा सिमाको एजेण्डा परेको छैन् । तर राष्ट्र बैंक नियमन विभागको एजेण्डा रहेकाले १२ करोडको सेयर धितो कर्जा सिमाको बारेमा त्यहि भित्र पारेर छलफल हुन सक्ने स्रोत बताउँछ ।  

 भोलिको बोर्ड बैंठकले १२ करोडको सेयर धितो कर्जा सिमाका बारेमा गभर्नर महाप्रसाद अधिकारीलाई सर्कुलर जारी गर्न अधिकार प्रदान गर्न सक्ने राष्ट्र बैंक उच्च स्रोत बताउँछ । स्रोतका अनुसार त्यसपछि गर्भनर अधिकारीले राष्ट्र बैंक विज्ञ टोलिको राय सल्लाह बमोजिम सर्कुलर जारी गर्न सक्नेछन् । 

मौद्रिक नीतिको बार्षिक समिक्षा आईसकेकाले त्यसभित्रका निहित सर्कुलरहरु जारि गर्न बोर्ड बैंठकले निर्णय नै गराइराख्नु नपर्ने राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड) का एक सदस्यले अर्थ संसारलाई बताए । उनले भने, ‘राष्ट्र बैंकले जारी गर्ने सबै सर्कुलरहरुलाई बोर्ड बैंठकले निर्णय नै गराईराख्नु पर्दैन ।’ उनले भने, कतिपय विषयहरु बोर्डका अध्यक्ष रहेका गभर्नरले सदस्यहरुलाई जानकारी गराउने औपचारिक परम्परा भने हुन्छ ।

उनले नयाँ तथा गहन विषयवस्तु भए बोर्डका सदस्यहरु माझ विस्तृत छलफल भएर निर्णय लेखिन्छ । तर मौद्रिक नीतिमै आइसकेको कुरा र त्यसलाई केहि परिमार्जन गर्ने सम्वन्धमा बोर्ड सदस्यहरुले गभर्नरलाई राष्ट्र बैंक विज्ञ टोलिहरुसँग परामर्स गरेर आवश्यक सर्कुलर जारी गर्न अधिकार प्रदान गरेपछि ती सर्कुलरहरु गभर्नरवाट जारी हुने उनले बताए । १२ करोडको सेयर धितो सिमाका सम्वन्धमा पनि सोहि अनुसार हुन सक्ने उनले अर्थ संसारलाई बताए । 

 प्रत्यक वर्ष बस्ने आईएनएफको बार्षिक बैंठकमा सहभागि हुन अर्थमन्त्री डा.प्रकाशशरण महत, गभर्नर महाप्रसाद अधिकारी तथा अर्थ सचिव डा.कृष्णहरी पुस्कर असोज २० देखि ३० गतेसम्म मोरक्को जाने समयतालिका रहेको छ । असोज २० गते मोरक्को जानु अघि कुनै पनि दिन गभर्नर अधिकारीले १२ करोडको सेयर धितो कर्जा सिमाको सम्वन्धमा सर्कुलर जारि गर्न सक्ने राष्ट्र बैंक उच्च स्रोत बताउँछ । स्रोतहरुका अनुसार हाल कायम रहेको अधिकतम १२ करोडको सेयर धितो सिमालाई केहि फराकिलो हुन सक्नेछ । संस्थागत लगानीकर्ताहरुको हकमा भने राष्ट्र बैंक निक्कै लचिलो हुन सक्ने सम्वद्ध स्रोत दाबि गर्छ । 


 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको