मिड सोलु हाइड्रोको आइपिओ आज साँझ पाँच बजे बाँडफाँड हुने भएको छ ।
भदौ २९ गतेदेखि असोज २ गतेसम्म खुलाइएको उक्त कम्पनीको आइपिओमा २४ गुणा भन्दा धेरै आवेदन परेको थियो । कम्पनीले एक सय रुपैयाँ अङ्कित कुल ६ लाख २१ हजार १७२ कित्ता प्राथमिक निष्कासन खुला गरेकोमा १ करोड ५१ लाख २२ हजार २५० कित्ता सेयर माग परेको हो ।
माग भन्दा अत्यधिक आवेदन परेको हुँदा आइपिओ पर्न लगानीकर्तालाई भाग्य कै भर पर्नुपर्नेछ । यस प्राथमिक निष्कासनको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस