लगानीकर्ता अनिर्णित रहँदा मङ्गलबार १८ अङ्कले बढेको सेयरबजार बुधबार त्यतिनै अङ्कले घटेको छ ।
१२ करोडको क्याप हटाउने विषयमा निर्णय हुन नसक्दा सेयरबजार आज १८.६० अङ्कले घट्दै २००४.३० अङ्कमा बन्द भएको छ । अघिल्लो दिन कुल २ अर्ब ९ करोड ३८ लाख ९ हजार ५ सय १८ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम पनि घटेर १ अर्ब ८१ करोड ४३ लाख ५९ हजार २२ रुपैयाँ पुगेको छ ।
आज सर्वाधिक कमाउनेतर्फ मनकामना इन्जिनियरिङ हाइड्रो, एसियन हाइड्रो, मोलुङ हाइड्रो र अप्पर लोहोरे हाइड्रो कम्पनी रहे । ती कम्पनीको सेयर मूल्यमा ५ प्रतिशत भन्दा बढीको वृद्धि भयो । आइतबार सर्वाधिक गुमाउनेतर्फ शुभम् पावर, हिमालय उर्जा, पिपुल्स हाइड्रो र सप्तकोशी विकास बैंक रहे । उक्त कम्पनीहरुको सेयरको मूल्यमा ६ प्रतिशतभन्दा बढीले घट्यो ।
बिहीबार हाइड्रो उपसूचक सर्वाधिक १.५१ प्रतिशतले घट्दा फाइनान्स १.४२ प्रतिशत र विकास बैंक सबइन्डेक्स १.३८ प्रतिशतले घटे । आज कुनै पनि सेक्टरमा हरियो छाउन भने सकेन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस