मिड सोलु हाइड्रोपावर कम्पनीको आइपिओ बाँडफाँड बुधबार साँझ सम्पन्न भएको छ ।
काठमाडौँँको बिजुलीबजारस्थित कार्निभल रेस्ट्रोमा आइपिओ बिक्री प्रबन्धक एनआईएसी एशिया क्यापिटलले आइपिओ बाँडफाँड गरेको हो । उक्त आइपिओमा १२ लाख ८२ हजार ८ सय १९ योग्य आवेदकमध्ये भाग्यमानी ६२ हजार १ सय १७ जनाले सेयर प्राप्त गरेका छन् ।
कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । आइपिओको नतिजा बिक्री प्रबन्धकको वेबसाईट, मेरो सेयरको वेबसाईट तथा सिडिएससीको वेबसाईटमा केही समय पछि हेर्न सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस