Like us!
Follow us!
Connect us!
Watch us!

‘प्रेसरको कुरा नगर्नुस, बजारले माग गरेको छ, १२ करोडको सिमा बोर्ड बैंठकमा नछिरी नियमन विभाग मार्फत पनि सर्कुलर हुन सक्छ’

लोकेन्द्र ढकाल

शनिबार, १३ असोज २०८०, ११ : २४ मा प्रकाशित

‘प्रेसरको कुरा नगर्नुस, बजारले माग गरेको छ, १२ करोडको सिमा बोर्ड बैंठकमा नछिरी नियमन विभाग मार्फत पनि सर्कुलर हुन सक्छ’

सेयर बजारलाई नियन्त्रण गर्न ल्याएको १२ करोडको सेयर धितो सिमालाई चलाउने सम्वन्धमा राष्ट्र बैंक दिनदिनै थप सकारात्मक बन्दै गएको छ । पहिला सेयर धितो सिमाको कुरा सुन्ने वित्तिकै ब्रोकर मार्फत ल्याण्डिङ हुनुपर्छ भन्दै तर्कदै आएको राष्ट्र बैंक अहिले बजारबाटै माग सृजना भएको बताउन थालेको छ । राष्ट्र बैंक स्थित एक उच्चस्थ अधिकारीले अर्थ संसारसँग भने, अहिले सेयर धितो कर्जाको १२ करोडको अधिकतम सिमालाई चलाउन बजारले नै माग गरेको हामीले महशुस गरेका छौ ।’ उनले भने, ‘राष्ट्र बैंकको कुनै पनि नीति अनन्तकालसम्म लागु रहिरहने हुँदैनन् । बजारको माग र आफुर्ती बमोजिम परिवर्तन हुँदै जान्छन् ।’ 

राष्ट्र बैंकलाई अहिले सरकार, प्रतिपक्ष, आम उद्योगी व्यवसायीदेखि सेयर लगानीकर्ताको चर्को प्रेसर छ नि भन्ने अर्थ संसारको जिज्ञासामा ती अधिकारी भन्छन्, ‘यो अहिले मात्र होइन बर्षौ अगाडिदेखि थियो ।’ उनले समकालिन अवस्थामा हामीजस्तै देश श्रीलंका, पाकिस्तानको अर्थतन्त्र कस्तो कस्तो अवस्थामा पुग्यो ? त्यो हेर्नुस ? अनि, हामीले कसरी सहजतापूर्वक अवतरण ग¥र्यौ भन्दै उल्टै प्रतिप्रश्न गरे । 

राष्ट्र बैंकले १२ करोडको सिमालाई कसरी सम्बोधन गर्दैछ त भन्ने प्रश्नमा नाम उल्लेख नगर्ने शर्तमा राष्ट्र बैंकका ती उच्चस्थ अधिकारी भन्छन्, ‘बजारमा माग बढेको छ । हामी अनुसन्धानको निस्कर्ष नजिक छौ । यसलाई बोर्ड बैंठक मार्फत पनि निस्कर्षमा पु¥याउन सकिन्छ या त बोर्डमा नछिरी राष्ट्र बैंक नियमन विभागवाट पनि सकुर्लर जारी हुन सक्छ ।’ उनले सम्भावित सर्कुलरको प्रश्नमा भने, ‘त्यो मलाई पनि थाहा छैन, निस्कर्षमा पुगेको दिन नै निस्कर्ष निस्कन्छ ।’ उनले बजारको मागलाई राष्ट्र बैंकले अहिले अत्यन्त्रै सकारात्मक रुपमा लिएको बताए । सेयर धितो कर्जाको औषद जोखिमभार ‘रिक्स वेटेज’ का सम्बन्धको प्रश्नमा उनले अनुसन्धान अध्ययन भनेकै तिनै कुरामा भईरहेको बताए ।

स्रोतहरुका अनुसार गभर्नर महाप्रसाद अधिकारी १० दिने विदेश भ्रमणमा जाँदैछन । उनी असोज २० देखि ३० गतेसम्म चल्ने मुद्रा कोषको अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन मोरक्को जान लागेका हुन । गभर्नर विदेश जानु अघि सेयर बजारको १२ करोडको सिमाका सम्वन्धमा सर्कुलर जारी हुन सक्ने सम्भावना अधिक रहेको स्रोतहरु बताउँछन् । उनी स्वदेश फर्कदा दशैं शुरु हुन केहि दिन मात्र वाँकि रहने र मौद्रिक नीतिको पहिलो समिक्षाको समय पनि निकट हुने हुँदा गभर्नर अधिकारीको आसन्न विदेश भ्रमण अगावै सर्कुलर जारी हुन सक्ने सम्भावना धेरै रहेको सम्वद्ध स्रोतहरुले दाबि गर्दै आएका छन् । 

गभर्नर अधिकारीसँग भेटघाट गरेर फर्किएका उच्च प्रसाशक देखि व्यक्तित्वहरुले दिएको प्रतिक्रिया अनुसार व्यक्तिगत तर्फ सेयर धितोको १२ करोडको सिमाको दायरा केहि मात्र बढ्न सक्ने र संस्थागत लगानीकर्ताहरुको हकमा राष्ट्र बैंक निक्के लचिलो हुन सक्ने बताइन्छ । 

सेयर बजार प्राकृतिक तरिकाले चलेन, केहि सिमित व्यक्तिले मात्र सेयरवाट कमाउँने थलो वन्यो, आम लगानीकर्ताले गुमाएमात्र भन्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले पटक पटक दिँदै आएको अभिव्यक्तिवाट पनि व्यक्तिगत तर्फ राष्ट्र बैंक धेरै लचिलो नबन्ने स्रोतको दावि छ । सेयरबजारलाई प्राकृतिक तरिकावाट चल्न दिनु पर्छ भन्नेमा अर्थमन्त्री डा.महत र गभर्नर अधिकारी बिच अहिले एकमत रहेको देखिन्छ । तथापि, संस्थागत लगानीकर्ताको हकमा भने दुुबै सकारात्मक रहेको स्रोत बताउँछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको