Like us!
Follow us!
Connect us!
Watch us!

एसियन गेम्समा माल्दिभ्समाथि सहज जीत हात पार्दै नेपाल क्वाटरफाइनलमा

अर्थ संसार

आइतबार, १४ असोज २०८०, १० : ०८ मा प्रकाशित

एसियन गेम्समा माल्दिभ्समाथि सहज जीत हात पार्दै नेपाल क्वाटरफाइनलमा

एसियन गेम्समा माल्दिभ्समाथि सहज जीत हात पार्दै नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

चीनमा जारी एसियाली खेलकुद अन्तर्गत क्रिकेटको आज बिहान भएको खेलमा नेपालले माल्दिभ्सलाई १ सय ३८ रनको विशाल अन्तरले पराजित गरेको हो । खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुनाउँदै २ सय १२ रनको विशाल लक्ष्य खडा गर्यो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन बनाउँदा कुशल मल्ल ४७ रनमा अविजित रहे । यसैगरी कुशल भुर्तेल र गुल्सन झाले समान ३५ रनको योगदान दिए ।

प्रतिउत्तरमा २ सय १३ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्सको टोली ७४ रनमा अलआउट भयो । नेपालका लागि अविनाश बोहोराले उत्कृष्ट बलिङ गर्दै ६ विकेट चट्काए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको