Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार सेयरबजारमा ३३ अङ्कको गिरावट

अर्थ संसार

आइतबार, १४ असोज २०८०, १५ : १० मा प्रकाशित

आइतबार सेयरबजारमा ३३ अङ्कको गिरावट

साताको कारोबार हुने पहिलो दिन आइतबार सेयरबजारमा ३३ अङ्कको पहिरो गएको छ ।

यस अघि बुधबार पनि १८ अङ्कले घटेको सेयर बजार आज थप ३३.२० अङ्कले घट्दै १९७१.१० अङ्कमा बन्द भएको हो । अघिल्लो दिन कुल १ अर्ब ८१ करोड ४३ लाख ५९ हजार २२ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम सामान्य बढेर १ अर्ब ८३ करोड ४ लाख ८६ हजार सात सय ४३ रुपैयाँ पुगेको छ ।

आज सर्वाधिक कमाउनेतर्फ सयपत्री हाइड्रो, पिपल्स हाइड्रो, बाराही हाइड्रो, ग्लोबल आएमई लघुवित्त कम्पनी रहे । सयपत्री हाइड्रोमा सकारात्मक सर्किटसहित १० प्रतिशतको वृद्धि हुँदा बाकिँ ३ कम्पनीको सेयर मूल्यमा ५ प्रतिशत भन्दा बढीको वृद्धि भयो । आइतबार सर्वाधिक गुमाउनेतर्फ एसियन हाइड्रो, मनकामना इन्जिनियरिङ हाइड्रो, उप्पर हेवाखोला हाइड्रो र मेन्छियाम हाइड्रो रहे । उक्त कम्पनीहरुको सेयरको मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो ।

बिहीबार हाइड्रो उपसूचक सर्वाधिक ३.३२ प्रतिशतले घट्दा फाइनान्स २.१७ प्रतिशत र जीवन बीमा सबइन्डेक्स १.९६ प्रतिशतले घटे । आज कुनै पनि सेक्टरमा हरियो छाउन भने सकेन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको