Like us!
Follow us!
Connect us!
Watch us!

अब हिमाल रेमिटको रेमिटान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंक मार्फत

अर्थ संसार

आइतबार, १४ असोज २०८०, २१ : ३२ मा प्रकाशित

अब हिमाल रेमिटको रेमिटान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंक मार्फत

अब हिमाल रेमिटको रेमिटान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंक मार्फत हुने भएको छ।

विश्वका जुनसुकै देशहरुमा रहेका आफन्तहरुले हिमाल रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २८४ वटा शाखा कार्यालयहरुबाट भुक्तानी हुने भएको छ।

दूर दराजमा रहेका ग्राहकहरुले पनि यो सुबिधा प्राप्त गर्न सक्नेछन। यसपछि बैंकका ग्राहकहरु तथा अन्य वैदेशिक रेमिटान्स प्राप्त गर्ने ग्राहकहरुलाई नेपालमा रेमिटान्स प्राप्त गर्न सहज हुने भएको छ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र हिमाल रेमिटका लागि प्रिन्सिपल एजेन्ट सीएफएस रेमिट प्रालीकाबीच यसअघि भएको सम्झौतापत्रमा बैंकका तर्फबाट विभागीय प्रमुख ऋषिराम ढकाल र प्रिन्सिपल एजेन्ट सीएफएस रेमिटका प्रमुख कार्यकारी अधिकृत बवि शर्माले हस्ताक्षर गेका थिए।

बैंकका हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २८४ शाखा कार्यालय, २६९ एटीएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ६५ वटा एक्स्टेन्सन काउन्टर, क्यूआर कोड सेवा, पीओएस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोबाइल बैंकिङ (डिजिटल संसार) तथा बिना इन्टरनेट चल्ने यूएसएसडी मोबाइल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेका छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको