Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार सेयरबजारमा सामान्य वृद्धि, विकास बैंक र हाइड्रोमा लगानीकर्ताको आकर्षण

अर्थ संसार

सोमबार, १५ असोज २०८०, १५ : १५ मा प्रकाशित

सोमबार सेयरबजारमा सामान्य वृद्धि, विकास बैंक र हाइड्रोमा लगानीकर्ताको आकर्षण

सोमबार सेयरबजारमा ५.१९ अङ्कको सामान्य वृद्धि भएको छ ।

अघिल्लो दुई कारोबार दिनमा करिब ५० अङ्क गुमाएको बजारमा सोमबार सामान्य सुधार आउँदै ५.१९ अङ्कले बढेर १९७६.२९ अङ्कमा बन्द भएको हो । अघिल्लो दिन कुल १ अर्ब ८३ करोड ४ लाख ८६ हजार सात सय ४३ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम सामान्य घटेर १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ रुपैयाँ पुगेको छ ।

आज सर्वाधिक कमाउनेतर्फ सयपत्री हाइड्रो, सिवाइसी लघुवित्त, इन्फिनिटी लघुवित्त र सामुदायिक लघुवित्त कम्पनी रहे । ती कम्पनीहरुमा सकारात्मक सर्किट कै हाराहारीमा ९.५ प्रतिशत भन्दा बढीको वृद्धि भयो । आइतबार सर्वाधिक गुमाउनेतर्फ पिपल्स हाइड्रो, मनकामना इन्जिनियरिङ हाइड्रो र ग्लोबल आएमई लघुवित्त रहे । उक्त कम्पनीहरुको सेयरको मूल्य ५ प्रतिशतको हाराहारीमा घट्यो ।

बिहीबार विकास बैंक उपसूचक सर्वाधिक १.३३ प्रतिशतले बढ्दा हाइड्रो ०.८८ प्रतिशत र म्युचुअल फन्ड सबइन्डेक्स १ प्रतिशतले बढे । आज होटल उपसूचक भने ०.९२ प्रतिशतले घट्न पुग्यो । आज सर्वाधिक कारोबार हुने सेक्टरतर्फ हाइड्रोपावर रह्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको