Like us!
Follow us!
Connect us!
Watch us!

आज देखि एनएमबि हाइब्रिड फन्ड एल १ र एनएमबि ५० ले आफ्ना इकाईधनीलाई प्रतिफल पठाउने

अर्थ संसार

आइतबार, २१ असोज २०८०, ०८ : ११ मा प्रकाशित

आज देखि एनएमबि हाइब्रिड फन्ड एल १ र एनएमबि ५० ले आफ्ना इकाईधनीलाई प्रतिफल पठाउने

एनएमबि क्यापिटलको व्यवस्थापनमा एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई फण्डहरु एनएमबि हाइब्रिड फन्ड एल १ र एनएमबि ५० ले आफ्ना इकाईधनीलाई प्रतिफलको रुपमा नगद लाभांश बैंक खातामा पठाउने भएको छ । 

एनएमबि हाइब्रिड फन्ड एल १ ले आफ्नो इकाईधनीहरुलाई आज असोज २१ गते आइतबारदेखि प्रतिफल वितरण गर्ने लागेको हो । 

यता एमएनबि ५० ले भने असोज २२ गतेदेखि लाभांश वितरण गर्नेछ । यी दुबै फण्डहरुले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट करसहित १५-१५% का दरले नगद लाभांश घोषणा गरेको छन् ।

दुवै म्युचुअल फन्डका लाभांशको लागि असोज १२ गते नै बुक क्लोज भइसकेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको