सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओको प्रिअलोटमेन्ट आज सम्पन्न भएको छ ।
कम्पनीले अब बुधबार आइपिओ बाँडफाँडको तयारी गरेको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जानकारी दिएको छ । सोनापुर मिनरल्सले आफ्नो जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपाली आइपीओ जारी गरेपश्चात कम्पनीले दोस्रो चरणमा प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्काशन गरेको थियो ।
तर मागभन्दा १.५१ गुणा बढी आवेदन परेका कारण आइपिओ बाँडफाँड गोलाप्रथाबाट नै हुने भएको छ । कम्पनीले ९७ लाख ३२ हजार ५४४ कित्ता आइपिओमा आवेदन माग गरेकोमा १ करोड ४७ लाख ६५ हजार १२० कित्ताका लागि आवेदन परेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस