Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रबैंकको एकीकृत निर्देशनले सेयरबजार बेखुस, एकै दिन ३५.६७ अङ्कको गिरावट

अर्थ संसार

आइतबार, २१ असोज २०८०, १५ : १२ मा प्रकाशित

राष्ट्रबैंकको एकीकृत निर्देशनले सेयरबजार बेखुस, एकै दिन ३५.६७ अङ्कको गिरावट

राष्ट्रबैंकले बिहीबार सेयरबजारसँग सम्बन्धित सेयर धितो कर्जा लगायत विषय समेटेर क,ख र ग वर्गका इजाजतप्राप्त संस्थाका लागि ल्याएको एकीकृत निर्देशनले सेयरबजार निराश देखिएको छ ।

लामो समयदेखि लगानीकर्ताले माग गर्दै आएको सेयर धितो कर्जाको क्यापलाई संशोधन गर्दै राष्ट्र बैंकले एकल ग्राहक कर्जा सीमा १५ करोड संस्थागत लगानीकर्ताका लागि कर्जा सीमा २० करोड पुर्याएको थियो । तर उक्त व्यवस्थाका बाबजुद आज सेयरबजारमा ठूलो गिरावट आएको हो ।

बिहीबार ११.०४ अङ्कले घटेको सेयरबजारमा आज भने ३५.६७ अङ्कको ठूलो गिरावट आएको हो । आज बिहानैदेखि घटेको बजार अन्तिम समयसम्मै घटेर १९२१.२४ अङ्कमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल एक अर्ब १० करोड ६५ लाख १९ हजार चार सय १८ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर एक अर्ब ८० करोड १७ लाख ६६ हजार दुई सय ९४ रुपैयाँ पुगेको छ ।

आज सर्वाधिक कमाउनेतर्फ बाराही हाइड्रो रह्यो । उक्त कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । आइतबार सर्वाधिक गुमाउने मध्ये हिमालयन लघुवित्त, घलेम्दी हाइड्रो, मायाखोला लघुवित्त रहे । उक्त कम्पनीहरुको सेयरको मूल्य ७ प्रतिशत भन्दा बढीले घट्यो ।

बिहीबार हाइड्रोपावर उपसूचक सर्वाधिक २.७२ प्रतिशतले घट्दा होटल एन्ड टुरिजम उपसूचक २.३५ प्रतिशतले, लाइफ इन्स्योरेन्स २.२८ प्रतिशत र लगानी उपसूचक २.०१ प्रतिशतले घटे । आज कुनै पनि उपसूचक हरियो हुन सकेन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको