Like us!
Follow us!
Connect us!
Watch us!

थामिएन नेप्सेको गिरावट, सोमबार पनि दोहोरो अङ्कले घट्यो बजार

अर्थ संसार

सोमबार, २२ असोज २०८०, १५ : १४ मा प्रकाशित

थामिएन नेप्सेको गिरावट, सोमबार पनि दोहोरो अङ्कले घट्यो बजार

राष्ट्रबैंकले गत बिहीबार सेयरबजारसँग सम्बन्धित सेयर धितो कर्जा लगायत विषय समेटेर क,ख र ग वर्गका इजाजतप्राप्त संस्थाका लागि एकीकृत निर्देशन ल्याएपछि शुरु भएको नेप्सेको गिरावट सोमबार पनि जारी नै रहेको छ ।

आइतबार ३५ अङ्कको गिरावट भोगेको बजार सोमबार थप १२.५८ अङ्कले घटेर १९०८.६६ अङ्कमा बन्द भएको छ । आज दिउँसो एकैछिन सम्हालिएर १९२६ अङ्कसम्म पुगेपनि त्यसपछी बजार लगातार घटेको थियो । अघिल्लो कारोबारको दिन कुल एक अर्ब ८० करोड १७ लाख ६६ हजार दुई सय ९४ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर एक अर्ब १७ करोड १ लाख ७२ हजार सात सय २२ रुपैयाँमा सीमित हुन पुगेको छ ।

आज सर्वाधिक कमाउनेतर्फ सयपत्री हाइड्रो, थ्रीस्टार हाइड्रो, हिमालयन पावर प्लान्ट र इमर्जिङ नेपाल कम्पनी रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ४ प्रतिशत भन्दा बढीले वृद्धि भयो । आइतबार सर्वाधिक गुमाउने मध्ये हिमालयन लघुवित्त र बाराही हाइड्रो रहे । उक्त कम्पनीहरुको सेयरको मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो ।

बिहीबार लाइफ इन्स्योरेन्स उपसूचक सर्वाधिक १.० प्रतिशतले घट्दा होटल एन्ड टुरिजम उपसूचक ०.९७ प्रतिशतले र नन लाइफ इन्स्योरेन्स ०.८ प्रतिशतले घटे । आज ट्रेडिङ उपसूचक भने ०.४९ प्रतिशतले बढ्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको