Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ कै मूल्य नजिक घोराही सिमेन्टको दोस्रो बजारको सेयर भाउ

अर्थ संसार

सोमबार, २२ असोज २०८०, १६ : २२ मा प्रकाशित

आइपिओ कै मूल्य नजिक घोराही सिमेन्टको दोस्रो बजारको सेयर भाउ

केही समय अघि प्रिमियममा आइपिओ जारी गरेको घोराही सिमेन्टको दोस्रो बजारको सेयर मूल्य आइपिओ कै हाराहारीमा आइपुगेको छ ।

कम्पनीको सेयर दोस्रो बजारमा सोमबार ४ सय ४० रुपैयाँँ  ५० पैसासम्म झरेको थियो । अन्त्यमा भने सम्हालिदै उक्त कम्पनीको सेयर मूल्य ४ सय ४५ रुपैयाँमा बन्द भएको छ । कम्पनीले गत जेठ ३२ गतेदेखि सर्वसाधारणको लागि अङ्कित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर ४३५ रुपैयाँका दरले आइपीओ बिक्री गरेको थियो ।

आइपिओ परेका लगानीकर्ताहरुलाई अन्तिम कारोबार मूल्य अर्थात ४ सय ४५ रुपैयाँमा १० कित्ता सेयर बेच्दा विभिन्न कमिसन र फी तिरेर ५२ रुपैयाँ नाफा हुने देखिन्छ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको