Like us!
Follow us!
Connect us!
Watch us!

घोराही सिमेन्टको भयो पहिलो सेयर कारोबार, कतिमा भो किनबेच?

अर्थ संसार

आइतबार, २८ साउन २०८०, १० : ५५ मा प्रकाशित

घोराही सिमेन्टको भयो पहिलो सेयर कारोबार, कतिमा भो किनबेच?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा घोराही सिमेन्टको पहिलो कारोबार भएको छ । आज आइतबार नेप्सेको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भएको हो । 

घोराहीको पहिलो कारोबार ५६५.५ रुपैयाँ भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि २२६.६१ रुपैयाँ देखि ६७९.८३ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो । यस रेन्जका बिच जुनसुकै मूल्यमा पहिलो कारोबार हुने सक्ने व्यवस्था रहेकोमा ५६५.५ रुपैयाँबाट  कारोबार सुरु भएको हो । कम्पनीको GCIL सिम्बलबाट कारोबार भएको छ। 

कम्पनीकाे आर्थिक वर्ष २०७८/७९ को प्रतिसेयर नेटवर्थ २२६ रूपैयाँ ६१ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ६ सय ७९ रुपैयाँ ८३ पैसा हुन्छ ।

घोराही सिमेन्टले सर्वसाधारणलाई अंकित  मूल्य १०० रुपैयाँमा ३२५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ निष्कासन गरेको हो । कम्पनीले सर्वसाधारणलाई कुल ६९ लाख ११ हजार ६ सय ७० कित्ता आईपीओ निष्कासन गरेको थियाे। 

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म कुल ५ लाख ८१ हजार ५ सय ४६ जना लगानीकर्ताहरूले १ करोड ३ लाख २४ हजार २ सय ६० कित्ताको लागि आवेदन दिएका थिए । जसमध्ये ५ लाख ५७ हजार ७ सय १ जना लगानीकर्ताहरूकाे आवेदन मात्र योग्य रहेकाे थियाे । आवेदन दिएका सबै लगानीकर्ताहरूले आईपीओ पाएका छन् । लगानीकर्ताहरूले न्युनतम १० कित्तादेखि अधिकतम ८० कित्तासम्म सेयर पाएका छन् । 

कम्पनीका अनुसार १० कित्तादेखि ७० कित्तासम्मको लागि आवेदन दिने ५ लाख ५३ हजार ४४ जना लगानीकर्ताहरूले माग गरे बमोजिम कै सेयर पाएका छन् । त्यस्तै ८० कित्तादेखि ३० हजार कित्ताको लागि आवेदन दिने ४ हजार ६ सय ५७ जनाले समान ७० कित्ता सेयर पाएका छन् । बाँकी रहेको ६ हजार ९ सय १० कित्ता सेयर गोलाप्रथा मार्फत बाँडफाँड गरिएको छ । जस अनुसार ७० कित्ता सेयर पाएका ४ हजार ६ सय ५७ जनामध्येबाट ६ सय ९१ जनाले थप १० कित्ताको दरले सेयर पाएका छन् । यस हिसाबमा लगानीकर्ताले कुल ८० कित्तासम्म सेयर पाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको