Like us!
Follow us!
Connect us!
Watch us!

सेयरधनीलाई बोनस सेयर सहित घोराही सिमेन्ट इन्डष्ट्रीले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

अर्थ संसार

शुक्रबार, ०६ पुस २०८०, ०८ : ५१ मा प्रकाशित

सेयरधनीलाई बोनस सेयर सहित घोराही सिमेन्ट इन्डष्ट्रीले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडले  गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट सेयरधनीहरुलाई बोनस सेयर घोषणा गर्दै साधारण सभा बोलाएको छ।

=सूचना अनुसार कम्पनीले पुस २८ गते बिहान ९ बजे आफ्नो तेस्रो वार्षिक साधारण सभा दाङ जिल्ला घोराही उप महानगरपालिका वडा नं. १५ भरतपुरमा अवस्थित होटल पौवामा डाकेको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने र बोनस सेयर वितरणमा हुने खण्डित सेयरलाई पछि समायोजन गर्ने गरी यथावत राख्ने विशेष प्रस्ताव पारित गर्नेछ।

तेस्तै साधारणसभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कम्पनीका आधारभुत सेयरधनीहरु वा सञ्चचालक सबद्ध रहेको संस्था कम्पनीले गरेको कारोबार विवरणलाई अनुमोदन गर्ने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु रहेका छन्। 

कम्पनीले पुस १६ गते एक दिनका लागि बुकक्लोज तय गरेको छ। अर्थात पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको